रुपन्देहीमा १ लाख २३ हजार बालबालिकाले लगाए कोरोना खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा १ लाख २३ हजार बालबालिकाले कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन्। सरकारले १२ देखी १७ बर्ष उमेर समुहका बालबालिकालाई कोराना बिरुद्धको खोप लगाउने कार्यक्रम अन्र्तगत रुपन्देही १लाख २३ हजार बढी बिद्यार्थीहरुले खोपलगाएका हुन ।

जिल्लामा एक लाख २२ हजार ६ सय २२ खोप लगाउने लक्ष्य लिएकोमा रुपन्देहीमा लक्ष्य भन्दा बढी खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकृत भेषराज र्शामाले वताए। बालबालिकालाई माघ १७, १८ र १९ गते खोप लगाएको हो। तीन दिन सम्म खोप लगाउन छुटेका बालबालिकालाई २० गते लगाईएको शर्माले वताए ।

बालबालिकालाई मोडर्ना खोप लगाईएको हो। कार्यालयले पालिकाले स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्थागरेको थियो । यस अन्तर्गत २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो।

रुपन्देहीमा १२ देखी उमेर समुहका ८६ प्रतिशतलाई कोरोना बिरुद्धको खोप लगाई सकिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले बताए ।

सम्बन्धित शिर्षक :