गुल्मीको बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी

स्वास्थ्यसमाचार /गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ। मुसिकोट नगरपालिका ४ बडागाउँस्थित बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो।

लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात समूहले आगलागी गरेको चालक शंकर बगालेले जानकारी दिए। एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा बडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो।

मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले बताए। बामी प्रहरीचौकी इन्चार्ज सई जनक थापाले घटनाको सूचना रातीनै प्राप्त भएपनि अब केहीबेरमा घटनास्थल पुगेर अनुसन्धान गर्ने बताए।

 

सम्बन्धित शिर्षक :