स्वास्थ्य मापदण्ड पालना गर्दै प्रदेश स्थापना दिवस दाङमा मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य मापदण्ड पालना गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा स्थापना दिवस मनाउन लगिाएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको वताए ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने मन्त्री शर्माले वताए ।

मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अश्वाभाविक नभएको वताए ।
प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिले सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरु योजना (डीपीआर) नै तयार भएको छ ।

जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिना पूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको भएपनि काम बुटबलबाट नै चलाएको छ ।

सम्बन्धित शिर्षक :