प्रदेश स्थापना भएको चार वर्ष धेरै उपलब्धि मुलक :मुख्यमन्त्री केसी

चिकित्सक स्वास्थ्यकर्मि नर्स सहित ५७ जनालाई विभिन्न पदकबाट सम्मानित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश स्थापना भएको चार वर्ष धेरै उपलब्धि मुलक रहेको वताए । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको मौरिघाटमा आयोजित प्रदेश स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन ।

लुम्बिनी प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागिरहेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्यको थप आवश्यक रहेको उनको भनाई छ । मुख्यमन्त्रीकेसीले भने अघिल्लो सरकारले शुरुवात गरेका कामलाई बर्तमान प्रदेश सरकारले निरन्तरता दिंदै गएको छ।

प्रदेश सरकार प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनिय सुधारकाका लागि प्रतिबद्घ भएको बताए । त्यस्तै कार्यक्रममा मुख्यमन्त्री केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा लिन आवश्यक रहेको बताउँदै त्यस संरचना स्थापना र प्रदेश कार्यालय स्थापनाका लागि प्रदेश सरकारले सबै कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले प्रदेशमा रहि विभिन्न क्षेत्रमा समाज सेवा गर्दै आएका ५७ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । स्थापना दिवसको अवसरमार नै लुम्बिनी प्रदेशको राजधानी निर्माणको लागि गुरुयोजना र जग्गा एकीकरणको कार्यमा भएको प्रगतिसमेत प्रस्तुत गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका ४ वर्षे कामहरु

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले चार वर्षको अवधिमा गरेका कार्यहरु सार्वजनिक गरेको छ । जस्तै प्रदेशमा प्रभावकारी शासन ब्यवस्थातर्फ सक्रियता, सुशासन तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार, जनशक्ति व्यवस्थापन, योजनाबद्ध विकास प्रणाली स्थापना, संगठन संरचना निर्माण र विस्तार, प्रदेश राजधानी घोषणा र स्थानान्तरण, कानून निर्माणमा तिव्रता, सार्वजनिक खर्च व्यवस्थापनमा उल्लेख्य प्रगति, समन्वय र सहकार्य, कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र पुनर्उत्थान, शान्ति सुरक्षा र विपद् व्यवस्थापन, शान्ति सुरक्षाका लागि समन्वय र यान्त्रीकरण, कर्जा सहजकर्ता र हरित स्वयंसेवक परिचालन, स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन, कृषकसँग प्रदेश सरकार, कृषक सूचीकरण र कृषिमा आधुनिकीकरण, कृषिको बजारीकरण र यान्त्रिकीकरण, अभियानमुखी मिसन कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, उद्यम विकास कोषको स्थापना, परियोजना बैंकको सुरुवात, प्रदेश रोजगार पोर्टलको सुरुवात, भौतिक संरचनाको निर्माण र विस्तार, शैक्षिक सुधारमा प्रदेश सरकार, शैक्षिक संस्थाहरूको पूर्वाधार सुधार तथा क्षमता विकास, अस्पतालको स्तरोन्नति र सबलीकरण, स्वास्थ्य संस्थामा जनशक्ति विकास र प्रणाली विस्तार भएको बताएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, सहरी विकास तथा खानेपानी, उद्योग र खाद्य सम्बन्धी सफ्टवेयर निर्माण, प्रदेश एक्स्पो २०७६ को आयोजना, सामाजिक सुरक्षामा टेवा, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, डिजिटल प्रदेशको सुरुवात, पर्यटन सेवाको प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माण, प्रदेश पदकको व्यवस्था र सम्मान, सञ्चारकर्मीहरूको सम्मान र कोरोना बिमा, यातायात कार्यालयहरूको विस्तार र अस्थायी सवारी चालक अनुमति पत्रको छपाई, भौतिक संरचना निर्माणमा प्राथमिकता लगायतका कामलाई प्रदेश सरकारले आफ्नो चार वर्षे उपलब्धि मानेको छ ।२०७४ साल फागुन ३ गते लुम्बिनी प्रदेश सकारको गठन भएको थियो ।

सम्बन्धित शिर्षक :