विद्यार्थीलाई ओपीडी निःशुल्क र उपचारमा ५० प्रतिशत सहुलियत दिन अनेरास्ववियुको माग

स्वास्थ्यसमाचार/ नेकपा एस निकट अनेरास्ववियुले विद्यार्थीलाई अस्पतालमा ओपीडी निःशुल्क र उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाउँदैं अनेरास्ववियुको प्रतिनिधीमण्डलले सम्पूर्ण सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई उक्त सहुलियत दिन माग गरेको हो ।

यसअघि अनेरास्ववियुले ४ साउनमा यी मागसहितको ज्ञापनपत्र मन्त्री खापुङलाई बुझाएको थियो । तर, मन्त्रालयबाट यसमा पहलकदमी नभएको भन्दैं अनेरास्ववियुले पुनः बिहीबार मन्त्रीलाई भेटेर स्मरणपत्रसहितको ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संविधानप्रदत मौलिक अधिकार स्वास्थ्यलाई विद्यार्थीका लागि निःशुल्क र सहज पहुँच पु¥याउन छिट्टै पहलकदमी लिन पनि माग गरेको छ ।

‘स्वास्थ्यलाई निःशुल्क गराउन पहिलो चरणमा टिचिङ, वीर, पाटन, विपीजस्ता सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदूरलगायत आर्थिक अभावमा बाँचेको वर्गका नागरिकले उपचारमा चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु जोडदार माग गर्दछ,’ पराजुलीले बुझाएको ज्ञापनपत्रमा छ ।

साथै, अनेरास्ववियुले डेंगुृकोृ प्रकोपमा विद्याथी पनि परेको भन्दै शैक्षिक संस्था परिसर वरीपरी डिसइन्फेक्सन स्प्रे छर्कन व्यवस्था गर्न पनि माग गरेको छ ।

सम्बन्धित शिर्षक :