साझा स्वास्थ्य सेवाको महाप्रबन्धकमा चुडामणी भण्डारी नियुक्त

स्वास्थ्यसमाचार/  साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको रिक्त महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्ति गरिएको छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड संचालक समितिको को ६७४ औँ बैठकको निर्णयानुसार महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्त गरिएको हो।

साझा स्वास्थ्य सेवा सहकारी संस्थामासाझा स्वास्थ्य सेवा सहकारी संस्थाले गोर्खापत्रमा सुचना प्रकाशन गरेको थियो। उक्त पदको लागी ४ जनाको आबेदन परेको थियो ।४ जनाबाट दोश्रो चरणमा चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो ।  चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो । साझा स्वास्थ्य सेवा सहकारी संस्था संचालक समिति समक्ष गरेको व्यावसायिक योजना प्रस्तुतीकरण समेतबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवार चुडामणी भण्डारीलाई कार्यसम्पादन करार सम्झौताको शर्त बमोजिम हुने गरी साझा स्वास्थ्य सेवा सहकारी संस्था नियुक्त गरिएको छ।

लिमिटेडको कर्मचारी तथा आर्थिक प्रशासन ९दोश्रो संशोधन २०७५ को परिच्छेद(४ को नियम २० को उपनियम ९१० बमोजिम संस्थाको महाप्रबन्धक पदमा संचालक समितिको को ६७५ औं बैठकबाट ४चार वर्षको लागि नियुक्ति गर्ने निर्णय गरेको प्रशासन महाशाखा प्रमुख भरत ढकालले बताए । भन्डारी स्वास्थ्य सेवामा लामो समय कामगरि अबकाश पाएका थिए ।

साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको केहो ?

यस विकासोन्मुख राष्ट्रका जनसाधारणको स्वास्थ्य प्रति सचेत रही औषधिको क्षेत्रमा सेवा पु¥याउने पूनित उद्देश्यबाट अभिप्रेरित भई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगतको राष्ट्रिय सहकारी विकास बोर्डबाट प्रवद्र्धित एवं कुल पूजिको लगभग ६५ प्रतिशत शेयर लगानी भएको साझा स्वास्थ्य सेवाले आफ्नो स्थापनाकाल बि.सं. २०२१ साल श्रावण ३ गतेबाट केहि बर्ष अघिसम्म नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्र्तगतका सरकारी अस्पतालहरु,जिल्ला जनस्वास्थ्य कार्यालय,स्वास्थ्य चौकी र जिल्ला पशुसेवा कार्यालय समेतको वार्षिक आवश्यकताका औषधि तथा उपकरणहरु आपुर्ति गर्ने उद्देश्यका साथ काम गर्दे आएकोमा हाल संस्थाले सर्वसधारण विरामीहरुको सुविधाका लागी राष्ट्रका सात वटै प्रदेशमा तीस वटा बिक्री कक्षहरु प्राय ः सरकारी अस्पताल परिसर भित्र खोलेर सबै भन्दा ठुलो राष्ट्रिय सञ्जाल विस्तार गरी सुपथ मुल्यमा चौविसै घण्टा गुणस्तरयुक्त औषधि तथा उपकरण बिक्री वितरण गर्दै आई रहेको छ ।

यो संस्था नेपाल सरकारको अधिकांश लगानी रहेको, औषधि बिक्री वितरणको क्षेत्रमा कृयाशील एक मात्र स्वास्थ्य सहकारी संस्था हो । यस संस्थामा कुल ९ जनाको संचालक समिति रहने र यस मध्ये अध्यक्ष सहित ४ जना साधारण शेयर सदस्यहरुबाट निवार्चित हुने एवं भूमी ब्यबस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय(१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(१, अर्थ मन्त्रालय(१, राष्ट्रिय सहकारी विकास बोर्ड(१, नेपाल सरकारवाट मनोनीत १ जना विज्ञ सहित ५ जना सहसचिव स्तरका संचालकज्यूहरु नेपाल सरकारबाट यस साझा स्वास्थ्य सेवाको संचालक समितिको सदस्य पदमा मनोनित हुने व्यवस्था सहकारी नियमावली, २०७५ को दफा ७७ मा उल्लेख भई हाल सोही अनुरुप गठन भएको छ ।

सम्बन्धित शिर्षक :