यूएनएफपिएद्धारा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रजनन स्वास्थ किट हस्तान्तरण

स्वास्थ्यसमाचार /कोभिड १९ को परिपेक्षमा प्रजनन स्वास्थ्य सेवाको निरन्तरता लागि यूएनएफपिए (UNFPA) बुटवल कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको माग अनुसार प्रजनन स्वास्थ्य किटहरु उपलब्ध गराएको छ। प्रजनन सेवा , प्रसुती सेवा संचालन गर्नकोलागी प्रजनन स्वास्थ्य किटहरु (RH kit 3, RH kit 6B, RH kit 8, RH kit 9) उपलब्ध गराएको छ। UNFPA बुटवल कार्यालयका प्रमुख राम थापाले उक्त सामग्रीहरु लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , प्रसुती बिभाग प्रमुख डा. श्रीधर आचार्य , अस्पताल स्टोरका इन्चार्ज…

रोटरीद्वारा स्वास्थ्य चौकीलाई १ करोड १८ स्वास्थ्य उपकरण प्रदान

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा रोटरी क्लब अफ रुपन्देहीले वडा नं. १० सेमरा स्थित सेमराबजार स्वास्थ्यचौकीमा १ करोड १८ लाख ४७ हजार बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्ट प्रोजेक्ट अन्तर्गत् स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालनको लागि क्लवले मेडिकल उपकरण सहयोग हो । चिकित्सकीय सेवा प्रदान हुँदै आएको सेमराबजार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा छ । रोटरीले प्रदान गरेको मेडिकल सामग्रीमा यु.एस.जी., एक्स–रे लगायतका शल्यक्रियासँग सम्बन्धित सामाग्रीहरु समेत छन् । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा क्लवका अध्यक्ष सुरज खत्रीले स्वास्थ्य चौकी व्यवस्थापन समितिका…

बुटबलको निति कार्यक्रम: आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाईने

स्वास्थ्यसमाचार /बुटबल उपमहानगरकोे सातौं अधिवेशनमा तथा आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गरिएको छ । नगरप्रमुख शिवराज सुवेदीले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे । नगर प्रमुख जेष्ठ नागरिक घर दैलो स्वास्थ्य कार्यक्रम लाई निरन्तरता दिईने भएको छ । यस कार्यक्रममा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समेत समावेस गरिनेछ । पोषण शिक्षा कार्यक्रमलाई कोभीड-१९ जस्ता महामारी रोकथाममा समायोजन गरिने भएको छ । मातृशिशु स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी र नतिजामुखी बनाउनको लागि “उप –प्रमुख सुरक्षित मातृत्व’’ प्रबद्र्धन कार्यक्रमलाई थप प्रभाबकारी रुपमा संचालन…

सिन्धुली अस्पतालमा कोरोना बिजेतालाई माला,खादा,र टिका लगाएर बिदाई

स्वास्थ्यसमाचार /सिन्धुलीका तीन युवक कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुलाई सिन्धुली अस्पताललको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । ती युवकहरु तीनपाटन गाउँपालिका–३, कमलामाई नगारपालिका–११ र १४ का हुन् । उनीहरु भारतबाट आएका थिए । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार माला, खादा, टिका लगाएर अस्पतालले बिदाइ गरेको छ । तीन युवक कोरोना जितेर घर फर्किएपछि अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलले सामाजिक सञ्जालमा आफू धेरै खुशी भएको उल्लेख गरेका छन् । अध्यक्ष पोखरेलले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक विमल श्रेष्ठ, गुजेश्वर श्रेष्ठलगायत ब्याडम्याण्टन संघ सिन्धुली, प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला…

बुटबलको कोरोना विशेष अस्पतालको आइसीयूमा राखिएका ५१ वर्षिय संक्रमित डिस्चार्ज

स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष अस्पतालको आइसीयू कक्षमा उपचारपछि ५१ वर्षियपुरुष कोरोना निको भएर घर फर्किएका छन । रुपन्देहीको बुटवल–११ देविनगरका पुरुष आइसियु कक्षमा उपचारपछि कोरोना जित्ने दोस्रो व्यक्ति रहेका छन । सुगर तथा डाइवेटिजको समेत समस्या भएका उनलाई पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसियूमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको १९ दिनपछि निको भएर घर पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा लुम्बिनी अस्पतालका डा सुदर्शन थापाले वताए । यसअघि कपिलवस्तुका २२ वर्षिय यूवाले आसियू कक्षमा उपचारपछि कोरोना जित्न सफल भएका थिए । अस्पतालको अन्य आइसोलेशन कक्षमा उपचारपछि घर…

सुत्केरीलाई पुराएर फर्कने क्रममा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार /गुल्मीको  पुर्काेटदहबाट सुत्केरी लिएर घर पुराई र्फकर्ने क्रममा  हाडहाडे वडा नं ३मा माथिबाट आएको पहिरोले जीप पुरिदा एकजनाको घटना स्थलम र अर्काे घाईतेको उपचारको क्रममा मृत्यु भएको छ । धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक बिज्ञेप्ती जारी गरी २ जनाको निधन भएको  बताएका छन।मृत्यु  हुनेमा हाडहाडे ३का  तुल्सीराम काउछा, र सवारी चालक प्रदिप पुन रहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले वताए । ग १ ज ३९९७ नम्बरको जीप ६ जना सवार रहेको बताईएको प्रहरीको भनाई थियो । धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक…

सैनामैनामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरिने

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख चित्र बहादुर केसीले नीति तथा कार्यक्रममा कोरोना भाईरसको महामारीले स्वास्थ्य क्षेत्रको विस्तार र सबलिकरण गर्नुपर्ने पाठ सिकाएको बताउँदै आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुन स् संरचना गरिने उल्लेख छ । कोरोना महामारी लामो समय सम्म रहिरहे नगरपालिका भित्रै सञ्चालनमा रहेका सामुदायिक क्वरेण्टीन संख्या ५ र आइसोलेशन कक्ष संख्या १ को क्षमता विस्तार गरिनेछ । नीति तथा कार्यक्रममा स्थानीय तहमा एक…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहित ४ जनामा कोरोना संक्रमण

स्वास्थ्यसमाचार/दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना पोजेटिभ देखिएको छ। केही दिन पहिले कोरोना संक्रमित बिरामीको उपचार पछि घरमै क्वारेन्टाइनमा बसेका अस्पतालका निर्देशक,सहित चार जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अस्पताल निर्देशकसहित एक जना डाक्टर,नरसिङ इन्चाार्ज र इमरजेन्सीममा कार्यरत एक जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएकोे हो। प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमाम कार्यरत चार जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले दुई दिनकाका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम…

बुटबल उपमहानगरद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहत खर्च सार्वजनिक

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले कोरोना महामारीविरुद्ध भएगरेका कामहरुको सबै विवरण सार्वजनिक गरेको छ ।कोषमा जम्मा भएको रकम र खर्च भएको रकमसमेत एकत्रित गरेर सबै विवरण सार्वजनिक गरेको हो । बुटवलले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भइरहेको काममा सहकार्य गर्ने तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र सञ्चारकर्मीलाई आभार प्रकट गर्दै निरन्तर सहकार्यको अपेक्षा गरिएको प्रमुख शिवराज सुवेदीले वताए । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका खर्च विवरण जस्ता तस्कै सार्वजनिक गरिएको भन्दै प्रमुख सुवेदीले वेभसाइटमा पनि राखिने वताए । खर्चमा मितव्ययिता उपमहानगरमा…

सैनामैनाद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहतको खर्च सार्वजनिक

स्वास्थ्यसमाचार  / रुपन्देहीको सैनामैना नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलाप हरु सहित खर्च विवरण सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलनमा गरिएको खर्च विवरण अनुसार १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर स्तरीय र सामुदायिक गरी २ प्रकारका क्वारेन्टिन सञ्चालन गरेको छ । जस अन्तर्गत नगरस्तरीय क्वोन्टिनको निर्माणमा ८ लाख ३७ हजार ६ सय १३ रुपैयाँ र्खच भएको छ । त्यस्तै सामान तथा शयन कक्ष व्यवस्थापनमा १९ लाख ५ सय २०,…