सुर्तीजन्य पदार्थमा कर बढाउन अर्वुद रोग निवारण संस्थाद्धारा अर्थमन्त्रीको ध्यानाकर्षण

स्वास्थ्यसमाचार/नेपाल अर्वुद रोग निवारण संस्थाले आगामी वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज अर्थ मन्त्री डा प्रकाशशरण महतलाई भेटि सुर्तीजन्य पदार्थका कर बृद्धि गर्न अनुरोध गरेको हो ।

नेपालमा सुर्तीजन्य पदार्थमा करको दर मात्रै ४० प्रतिशतको आसपासमा रहेको छ । जवकी विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर कम्तिमा ७५ प्रतिशत पु¥याउनु पर्ने भन्दै आएको छ । नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने मुलुकहरुको सूचीमा अग्रस्थानमा छ ।

सन् २०१९ को स्टेप सर्भेले नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण बर्षेनी २७ हजार बढीले ज्यान गुमाउने गरेको बताएको छ । सोही सर्भेले नेपालमा १५ देखि ६९ वर्ष उमेर समूहका ४८ प्रतिशत पुरुष र १२ प्रतिशत महिलाहरु पदार्थको प्रयोगकर्ता रहेको उल्लेख गरेको छ ।

यसलाई न्युनिकरण गर्ने प्रभावकारी उपाय सुर्तीजन्य पदार्थमा लाग्ने कर दर बढाउने नै हो भन्छन् यस क्षेत्रका विज्ञहरु । कर बढाएपछि स्वतह मूल्य बढी पर्ने र उपभोगमा कमि आउने उनीहरुको तर्क छ । कर बढाउँदा खस्किदो अर्थतन्त्रमा समेत सुधार आउने उनीहरु बताउँछन् ।

सम्बन्धित शिर्षक :