नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीको १२औ अधिवेशन सुरु

स्वास्थ्य जगनै पारामेडीक्स हो: स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)रुपन्देहीको १२औ जिल्ला अधिवेशन शुभारम्भ भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले एक कार्यक्रमका बिच १२औ जिल्ला अधिवेशन शुभारम्भ गर्नु भयो।

अधिबेशन सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य क्षेत्रको आधार भनेको पारामेडीक्स,भएको बताउनु भयो । सरकारले जिल्ला जिल्लामा समेत डक्टर पुराउन नसकेको अबस्था गाउँ गाउँमा सेवा दिएको र स्वास्थ्य जगनै पारामेडीक्स,रहेको बताउनु भयो।

नयाँ नयाँ अनुसन्धार र सेवा आईरहेको बेला यो संस्थाले आफना सदस्यहरुलाई ताजगीय बनाउनु पर्ने बताउनु भयो।
बुटबल भैरहवालाई मेडिकल टुरिजमको हब बनाउनु पर्ने बताउदै नेपालका बाट भारतमा उपचार गर्ने जानेलाई यहि सेवा दिएर रोक्नु पर्ने बताउनु भयो।

लुम्बिनी रणअम्बीका आँखा अस्पतालले ९० प्रतिशत भारतियलाई उपचार दिएको बताउदै अरु स्वास्थ्य संस्थापनि यस्तै अब्बल वनाउनु पर्ने र यहाहरुको भुमिका महत्वपुर्ण रहने बताउनु भयो।

अधिवेशन शुभारम्भमा वाल्दै स्वास्थ्य सचिब डा बिनोद गिरीले नयाँ स्वास्थ्य सेवा ऐन बन्न लागेको बेला एक एक होईन सबै एकभएर अघिबढे सरकारलाई दवाब दिन सहज हुने र स्वास्थ्य सेवा ऐनकस्तो बताउने र छिटो बनाउन सहयोग पुग्ने बताउनु भयो। स्वास्थ्यको बलियो आधार पारामेडीक्स,रहेको र रहने बताउनु भयो।

अधिवेशनमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा शुदर्शन थापाले स्वास्थ्य क्षेत्रमा नयाँ पद्धति नयाँ अनुसन्धान सुरु भएकोले पुराना प्राबिधिकहरुलाई अपटेड गराउनु पर्ने बाउनु भयो। ३६ सालमा जागीर सुरु गरेकालाई नयाँ कुरा थाह नहुने वताउनु भयोे।

नेपाल स्वास्थ्य प्राविधिक संघका कन्द्रिय अध्यक्ष बसन्त कुमार श्रेष्ठले वोल्दै २०३६ सालको यो संस्था बिभिन्न आरोह अबरोह पार गरेर यहासम्म आएको बताउनु भयो। यो संस्थामा संस्था जन्माउने बेला तत्कालीन पञ्चायतले कयौं साथीहरुको जागिर खोस्यो, कतिपयलाई पायक नपर्ने ठाउँमा सरुवा गरेर दुःख दियो ।

त्यसका विरुद्ध पनि भूमिगत रुपमा अधिवेशन गरेर अगाडि आएका हौं । तीन कार्यकाल भूमिगत रुपमा अधिवेशन गरेर संस्थालाई अघि बढाएको बताउनु भयो।

अहिले पनि हामी स्वास्थ्यकर्मीहरुको साझा संस्था भएकाले यसलाई थप चलायमान र कर्मचारीहरुको हक हितमा आवाज बुलन्द्ध पारेर अगाडि बढ्नु पर्छ स्वास्थ्य क्षेत्रको विकृति विसंगतिविरुद्ध एक भएर अघि बढनु आबश्यक रहेको बताउनु भयो।

उहाले प्रशासनका कर्मचारीहरु एक तहमाथि स्तरवृद्धि भएर स्थानीय तहमा गएका छन् तर, स्वास्थ्यमा त्यो लागु भएको छैन । दुई ग्रेड प्राविधिक ग्रेड दिने भनिएकोमा स्थानीय तहमा गएका कर्मचारीहरुलाई मनपरी दिइएको छ । स्तरवृद्धि तलबका लागि गरिएको छ, अधिकार छैन ।

क्षमतावान साथीहरुलाई स्थानीय तहमा लगेर डम्प गरिएको छ यस्ता कुरालाई बुलन्द गर्न रुपन्देहीबाट पनि सक्षम र योग्ग नेतृत्व आउनु पर्ने बताउनु भयो। कार्यक्रममा राष्टिय आयुर्वेद यसोसिएशनका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसालले राजनिति बिहीन संस्था रहेकोले स्वास्थ्यकर्मीको हकहितको लागी अघि बढनु पर्ने बताउनु भयो।

नेपाल स्वास्थ्यकर्मि संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालले स्वतन्त्र राजनिति बिहीन भनेर प्रचार गरेजस्तो बाहिर नदेखीएको बताउनु भयो। नेपाल नर्सिड संघ लुम्बिनीका उपाध्यक्ष हरि केसीले महिलालाई नयाँ नेतृत्व दिनु पर्ने बताउनु भयो।

उहाले नर्सिडपनि लामो समय देखी पानमा सक्रिय रहेको बताउदै यस पटक महिलालाई नेतृत्व दिन माग गर्नु भयो। कार्यक्रममा राष्टिय स्वास्थ्यकर्मि महासंघका जिल्ला अध्यक्ष रामेश्वर ढकाल, औषधी ब्यबसायी समितिका अध्यक्ष खडक बस्नेत, अमृत भुसाल उपेन्द्र अर्याल लगायले बोल्नु भएको थियो ।

गणेश भटराईको संञ्चालनमा र बुद्धि घर्तिको अध्यक्षतामा कार्यक्रम सम्मन भएको थियो।अधिबेशनले आजै नयाँ नेतृत्व चयन गर्ने संघका पुर्ब अध्यक्ष भाष्कर आत्रेयले बताउनु भयो।

सम्बन्धित शिर्षक :