राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेल बिरामी पर्नुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको अस्तपालले जानकारी दिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपलियाका अनुसार पौडेल आज अस्पताल भर्ना हुनुभएको हो ।

चिकित्सकहरुले उहाँको उपचार गरिरहेको थपलियाले जानकारी दिनुभएको छ ।पौडेल यसअघि पनि बिरामी परी केहीदिन शिक्षण अस्तपालमा उपचार गराएर डिस्चार्ज हुनुभएको थियो।

 

सम्बन्धित शिर्षक :