मायादेवी ८मा किशोरीहरुलाई प्रजनन् स्वास्थ्य समन्धि तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबी गाउँपालिकामा वडा नं ८को आयोजनामा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको छ।

वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको बिषेश आतिथ्यमा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको थियो

४५ जना किशोरीहरु सहभागी तालिममा डा नम्रता चौधरी नर्सिड अधिकृत शर्मिला शर्मा सुआहारा दोश्रोकार्यक्रमका पोषण अधिकृत दुर्गा रानाले किशोरीहरुलाई प्रजनन् स्वास्थ्य महिनामारी चक्र महिनामारीमा देखीने समस्या लैंगिक हिंसा  वालबिवाह किशोरी अबस्थामा पोषणको महत्वबारे प्रशिक्षण दिईएको आधारभुत स्वास्थ्य सेवाकेन्द्र मायादेबि ८का प्रमुख भाष्कर आत्रेयले बताउनु भयो। तालिम शिक्षा तालिमकेन्द्र बसडिलवामा भएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :