प्रदेश सरकारको कारण लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा

स्वास्थ्यसमाचार /यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक श्रोतको अभाबमा समस्यामा रहेको छ।

वार्षिक १२ करोड भन्दा बढी आम्दानी हुने यो अस्पताल अहिले श्रोतको अभाबमा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताईएको छ । लुम्बिनी प्रदेश सरकारले सटर मा डोजर चलाएर भत्काएपछि आन्तरिक आम्दानीको स्रोत बन्द भएको अस्पताल अहिले चरम आर्थिक संकटमा पर्दै गएको हो ।

सरकाराले सस्तो लोकप्रीयताको लागि अस्पपतालबाट महिनौंमा आउने करोडौ रुपैयाँ गुमाएको छ भने अर्को तर्फ ओपीडी टिक समेत निःशुल्क बनाउँदा थप मारमा अस्पताल परेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह र विकासको सन्दर्भमा आयोजित छलफल कार्यक्रमा बोल्ने अधिकासं बक्ताहरुले अस्पतालमा गुरुयोजनामात्र बनाउने तर कार्यन्यन नगर्ने समस्याको कारण अस्पतालमा आर्थिक श्रोत अभाब भएको बताएका छन।

अस्पतालका प्रमुख प्रशासकिय अधिकृत राजन केसीका अनुसार छलफलमा बोल्ने बक्ताहरुले प्रदेश सरकारले नियमित आम्दानी भैरहेको अस्पतालका सटर हटाएर खालि गराएपछि अस्पतालको आम्दानी सुनिश्चीत नभएको बताएका छन।

प्रदेश सरकारले एक बर्षमात्र १० करोड सोध भर्ना गरेको त्यसपछि भने केहि नगरेको कुरा मात्र गरेकोकारण अस्पतालमा श्रोत अभाब रहेको अस्पतालका डा पुष्पराज जोशीले बताउनु भयो। उहाले भन्नु भयो कुरा ठुला गर्ने काम भने केहि नगर्ने नेताको कारण अस्पतामा समस्या आएको बताउनु भयो।

अस्पताल बिकास समितिका अध्यक्ष अजय श्रेष्ठले भन्नु भयो अस्पतालमा वेड टिकट लगायका धेरै सेवा हरु निशुल्क छन तर श्रोत छैन कसरी निशुल्क गर्ने उहाले भन्नु भयो।प्रदेश सरकारले आफुले गरेको बजेट सुनिश्चतालाई निरन्तरता दिनु पर्ने बताउनु भयो।

अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्रीका अनुसार अस्पतालमा अहिले क्याथल्याव मेसीन छ तर त्यसलाई चलाउने चिकित्सक छैन । आखाँ उपचारको लागी चिकित्सक छन तर उपकरण छैन यि मात्र होईन अस्पतालमा कर्मचारीको समेत अभाब रहेको बताउनु भयो।

उहाले अस्पतालमा कर्मचारीलाई तलब खुवाउन बजेट अभाब रहेको बताउनु भयो। हामीले प्रदेश सरकारलाई पटक पटक भन्यौ अहिले सम्म हाम्रो कुरा सुनाई नभएको गुनासो गर्नु भयो।

अस्पतालमा अहिले ८ सय बढी बढी कर्मचारी कार्यरत रहेका छन भने दैनीक १४सय भन्दा बढी बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्यामा रहेको अस्पतालका शाखा अधिकृत राजन केसीले बताउनु भयो।

सम्बन्धित शिर्षक :