लुम्बिनीका स्वास्थ्यमन्त्री खनाल लाई रानको ९ बुदे ध्यानाकर्षणपत्र

स्वास्थ्यसमाचार /रुपन्देही राष्ट्रिय आयुर्वेद संघ लुम्बिनी प्रदेश समितिले प्रदेशका नबनियुक्त स्वास्थ्य मन्त्री राजु खनाल लाई भेटी स्वागत लुम्बिनी प्रदेश आयुर्वेद क्षेत्रको केहि महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ।

केन्द्रीय उपाध्यक्ष शालिक राम भुसाल प्रदेश अध्यक्ष नरहरी अर्यालको नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री खनाललाई भेटी आयुर्वेद क्षेत्रमा गुणात्मक सुधार गर्न सके आयुर्वेद क्षेत्रमात्र नभई समग्र स्वास्थ्यको बिकासमा सकारात्मक हुने भएकोले मन्त्रीको ध्यानाकर्षण गराएको राष्ट्रिय आयुर्वेद संघ नेपालका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसालले बताउनु भयो।

राष्ट्रिय आयुर्वेद संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष नरहरी अर्यालले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा भएका समस्या र गर्नुु पर्ने काम बारेमा मन्त्रीलाई जानकारी गराएको बताउनु भयो।

 मन्त्री खनाललाई ९ बुदे ध्यानाकर्षण

१ विश्वव्यापिरुपमा विद्यमान नसर्ने रोगहरुको दीर्घकालिन व्यवस्थापनको लागी लुम्बिनी प्रदेशमा निरोगी लुम्बिनी अभियान सहित प्रदेश तथा स्थानिय तहका प्रत्येक आयुर्वेद संस्थाहरु बाट स्वस्थ जीवनशैली तथा योग सेवाहरुको प्रवाह सहित नागरिक आरोग्य कार्यक्रम संचालन गरिनुपर्ने ।

२ लुम्बिनी प्रदेश सरकार द्वारा संचालित लुम्बिनी आयुर्वेद चिकित्सालयमा १५ शैया युक्त अन्तरंग सेवा संचालन भए पश्चात बिरामीहरुको चाप वृद्धि हुदै गईरहेकोमा उक्त चिकित्सालयको थप स्तरोन्नती अपरिहार्य देखिएको हुँदा आगामी आर्थिक वर्ष २०८०÷८९ मा संगठन तथा व्यवस्थापन सर्वे (इ७ः) गराई पंचकर्म तथा क्षारसूत्र शल्य सहितको बिशिष्टिकृत सेवा बिस्तार गरिनुपर्ने ।

३ हाल ३० शैया युक्त प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी लाई ५० शैयामा थप स्तरोन्ति गरिनुपर्ने।

४. प्रदेश सरकार र स्थानिय सरकार स्थित आयुर्वेद संस्थाहरु संग सम्बन्धित नीति, योजना, कार्यक्रम मार्गदर्शन तर्जुमा गर्दा सबै तहका सेवा समुहहरुको प्रतिनिधिमूलक फोरमबाट गर्दा कार्यान्वयन योग्य आयुर्वेद चिकित्सक लगायत विभिन्न जनशक्तिको बढुवा लगायतका वृत्ति विकासमा देखिएको अन्योलता हटाउन विशेष व्यवस्था गरिनुका साथै रिक्त दरबन्दीहरु पदपुर्ती गरिनुपर्ने ।

जडीबुटी उत्पादन, भण्डारण, प्रशोधन, वितरण तथा बजारीकरणका लागि विशेष योजना बनाई अभियानात्मक कार्यक्रम संचालनमा ल्याउनुपर्ने ।लगायतका माग रहेको अध्यक्ष नरहरी अर्यालले बताउनु भयो।

सम्बन्धित शिर्षक :