नेपाल जनस्वास्थ्य संघ लुम्बिनीको अध्यक्षमा हेमराज र सरोज भिड्दै

उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिव सहित समावेशी सदस्यमा निर्विरोध

स्वास्थ्यसमाचार/ नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षको लागि दुई जनाको उम्मेदबारी दर्ता भएको छ । लुम्बिनी प्रदेश अध्यक्षको लागि निर्वतमान अध्यक्ष समेत रहेका हेमराज पाण्डे र सरोज रिमालको उम्मेदबारी परेको निर्वाचन समिति संयोजक धर्मराज भट्राईले जानकारी दिए ।

जनस्वाथ्य विषयमा पब्लिक हेल्थ अध्ययनपुरा गरेका स्वास्थ्यकर्मीहरुको साझा संगठनको रुपमा रहेको नेपाल जनस्वाथ्य संघको लागि केन्द्रीय समिति भने सर्वसम्मत भैसकेको छ ।प्रदेशको उपाध्यक्ष पदमा अर्जुन पोखरेलको एकल उम्मेदबारी परेपछि निर्विरोध भएका छन् भने सचिव पदको लागि नरेश बाबु श्रेष्ठ र माधव खनालको उम्मेदबारी परेको छ ।

कोषाध्यक्ष पदमा किरण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सह–सचिव पदमा पनि मेघनाथ न्यौपाने निर्विरोध चयन भएका छन् ।
दुई जना समावेशी सदस्यको लागि विक्रम काली राज विक र दृष्टि शाह निर्विरोध निर्वाचित भएका हुन ।यस्तै ४ सदस्य सदस्य पदको लागि ६ जनाको उम्मेदबारी परेको निर्वाचन समिति संयोजक भट्टराईको भनाई छ । सदस्य पदको लागि मनोज नेपाली, आईतबारी चौधरी, पशुपती आचार्य, पोषण राज शर्मा, माधव राउत र राजु केसीको उम्मेदबारी परेको हो ।

यो भन्दा पहिला दुई पटक अध्यक्ष भएर काम गरेका प्यूठान जिल्लाको स्वाथ्य कार्यालय प्रमुख हेमराज पाण्डेले यो पटक पनि आफुले उम्मेदबारी दिएको बताए । उनले नेफा लुम्बिनी स्थानीय तहका जनस्वास्थ्यकर्मीहरुका सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्नुपर्ने योजना सहित आफुले उम्मेदबारी दिएको बताए ।

यता अध्यक्षमा उम्मेदबारी दिएका सरोज रिमालले आफुले उम्मेदबारी जनस्वास्थ्यका समस्याहरु समाधान गर्नको लागी भएको बताए। उनी भन्छन स्थानिय तह, प्रदेश तथा गैरसरकारी संस्थाहरुको आवाज बोकेर हिड्ने अठोट गरि मैले उम्मेदबारी दिएको छु।जनस्वास्थ्यकर्मिहरुको हक अधिकार स्थापित गर्ने हो ।फेरि पनि आह्वान गर्दछु हामी मुद्दामा अरुको चासो हुदैन, त्यस कारण मैले उम्मेदबारी दिएको हुँ ।

लुम्बिनी प्रदेशमा जनस्वाथ्य संघमा ३ सय २ जना सदस्य रहेका छन् । असार १ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म हुने निर्वाचनको लागि बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङमा रहेको स्वाथ्य निर्देशनालयमा निर्वाचनको लागि मतदान स्थल तोकिएको निर्वाचन समिति संयोजक धर्मराज भट्राईले बताए।

सम्बन्धित शिर्षक :