चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि सुरु

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो ।

उहाँले आयोगले एमबिबिएस, बिडिएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो । प्राडा झाका अनुसार आयोगले १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक :