चिकित्सा शिक्षा स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षाको फारम भोलि देखि खुल्ने परीक्षा १ भदौ देखि सुरु

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१ ०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबार (भोलि)बाट खोलिने जानकारी गराएको छ ।

आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले बुधबार विहान १० बजे देखि आगामी १८ असार अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।आयोगले १८ देखि २५ असार अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा लगायतका स्नातक तहका विषयमा आवेदन दिनका लागि आवश्यक योग्यता र विषयमा ल्याउनु पर्ने आवश्यक प्राप्ताङ्क समेत उल्लेख गरेको छ ।

आयोगले आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकेको छ ।यस्तै आयोगले आगामी १ भदौमा एमबीबीएस विषय देखि सुरु गरी ५ भदौमा बीपीएच विषयबाट परीक्षा सकिने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक :