बुटवल उपमहानगरमा डेढ लाख जनाले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरमा १८ वर्ष माथिका सबैका लागि खोप सुनिश्चित भएको छ । हालसम्म बुटवलमा कोभिडविरुद्ध करिब डेढ लाख जनाले खोप लगाएका छन् । दुवै अर्थात् पूरा डोज खोप लगाउनेको संख्या पनि सवालाख पुगेको उपमहानगरले जनाएको छ । खोप लगाउन छुट भएका तथा एउटा मात्र डोज लगाएर दोस्रो लगाउन बाँकी रहेकाहरुलाई लक्षित गरी माघ ९ गते आइतबारदेखि उपमहानगरले विभिन्न १५ स्थानमा खोप कार्यक्रम सुरु भएको छ । महामारीको जोखिम न्यूनीकरण, रोकथाम, उपचार र जनस्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । बुटवलका सबै नागरिकका लागि खोपको प्रबन्ध गर्दै पायक…

आम्दामा शिशु र आमा लक्षित कोभिड वार्डमा उपकरण थप गरिने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन गर्न लागिएको आमा सुरक्षा कार्यक्रमको तयारी तथा सेवा प्रवाहका बारेमा जानकारी लिनुका साथै कोभिड वार्डको निरिक्षण गरेका छन । कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको समेत अझै प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवा प्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिएका छन । उक्त अस्पतालमा संक्रमित हुने शिशु र तिनका आमालाई लक्षित गरेर अलग्गै कोभिड उपचार वार्डको व्यवस्था गरिएको छ । सोही वार्डको अवस्था र सेवा प्रवाहका बारेमा प्रमुखले जानकारी लिनुका साथै सेवाप्रवाहलाई…

पत्रकारलाई लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क आइसीयू र एचडियू सुविधा

स्वास्थ्यसमाचार/ कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ। आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको थियो। सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने , कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने…

चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

स्वास्थ्यसमाचार/ चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ।शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ। कोभिडविरुद्धको खोप लगाउनका लागि प्रयोग हुने यो सुई ०।५ एमएलको नर्मल साइजको हो।नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।  

२४ घण्टाभित्र नेपालमा १० हजार २ सय ५४ संक्रमित, १६ संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ। लामो समयदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या १० भन्दा कम थियो। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ। नेपालमा थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २‍० हजार १ सय ८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा…

चैतभित्र सबैलाई पूर्ण मात्रामा खोप: प्रधानमन्त्री देउवा

स्वास्थ्यसमाचार/  प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे। कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए। उनले भने, कोभिडि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामिजिक गतिविधिलाई कम असर पर्नेगरी गरिनेछ। उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ। उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड…

स्वास्थ्यकर्मी र खोप लिएर गाँउगाँउ पुगे तिलोत्तमाका मेयर घिमिरे

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढ्दै जान थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान थालेको छ ।नगरपालिकाले गाँउगाँउ,टोल टोल र विभिन्न कलकारखानामा कार्यरत कोरोना खोप लगाउन समय नभएका तथा छुटेकाहरुलाई उनिहरु भएकै ठाउमा गएर खोप लगाउने अभियान तिब्र रुपमा अगाडि बढाएको हो । त्यसको नेतृत्व तिलोत्तामाका मेयर बासुदेव घिमिरे आफैले गरेका छन् । उनी आफै स्वास्थ्यकर्मी सहित खोप लिएर गाँउगाँउ धाएका छन् ।बुधबारदेखि शुरु भएको शुन्य खोप अभियान अन्तर्गत नगर दौडाहामा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेवी चौधरी आफै हिडेर खोप अभियानलाई अझै प्रभावकारी र तिब्र पारेको नगरपालिकाले जनाएको छ । बिहिबार…

सरकारले घटायो पीसीआर शुल्क, सरकारीमा ८ सय, निजीमा १५ सय

स्वास्थ्यसमाचार/  प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पिसिआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पिसिआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए। सोही निर्देशनअनुसार आज स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाएको छ। अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निस्शुल्क पिसिआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई ८ सयभन्दा बढी लिन नपाउने निर्णय भएको छ। यसअघि सरकारी अस्पतालमा पिसिआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो। त्यसैगरी निजी अस्पताल तथा ल्याबहरूले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको…

रेडक्रसद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई भेन्टिलेटर सहित उपकरण प्रदान

स्वास्थ्यसमाचार/ नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने उपकरणहरु प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटर सहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराएको हो । उक्त सामान नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। ईन्द्र ढकाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामान प्रदान गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महासचिव पंगेनीले कोरोना महामारीसंग जुध्नको…

निशुल्क रगत अभियान कार्यान्वन गर्ने स्वस्थ्यमन्त्री थारुको घोषणा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशमा निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने बताएका छन । रुपन्देहीका साईक्लिङ क्लबहरुको अगुवाई, हिमालयन इन्टरियर प्रालिको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार बुटवलमा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले ४ करोड रुपैया बजेट विनियोजन गरेर कार्यान्वन गर्न सरोकारवाला निकायहरुको समन्वय तथा आवश्यक छलफल गरि अघि बढाएको बताए । बिरामीहरुले निशुल्क रगत उपलब्ध हुनु नै प्रमुख लक्ष्य भएको भन्दै उनले यसलाई क्रमस प्रदेश भर नै निशुल्क रगत उपलब्ध हुने गरि स्थाई नीति बनाउन चाहेको समेत दाबी गरे…