स्वास्थ्यका तीन बरिष्ठ अधिकारीको लुम्बिनी प्रदेश सरकारद्धारा सरुवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा समूहका तीन वरिष्ठ कर्मचारीको सरुवा गरेको छ । लुम्बिनीको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २१ साउनमा विभिन्न सेवा समूहका नवौँ र दशौँ तहका कर्मचारीको सरुवा गर्दा स्वास्थ्य सेवा समूहका तीन जना कर्मचारीको सरुवा गरेको हो ।

त्यसरी सरुवामा पर्नेहरुमा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरी, रोशनलाल चौधरी र डा राजेन्द्रबहादुर जिसी रहेका छन् ।मुख्य मन्त्री कार्यालयले बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका डा गिरीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा निमित्त प्रमुख बनाएर सरुवा गरेको छ ।

त्यहाँ निमित्त प्रमुख रहेका रहेका बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका चौधरीलाई स्वास्थ्य निर्देशनालय दाङ सरुवा भएको छ ।यस्तै पाल्पा अस्पतालको मेडिकल सुपरीेटेन्डेन नवौं तह रहेका डा जिसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरुवा भएको छ ।

सम्बन्धित शिर्षक :