कोरोना खोप लगाउन सुरु गरेको १ वर्ष : लुम्बिनीमा२२लाख ले लगाए पूर्ण मात्रा खोप

स्वास्थ्यसमाचार /नेपालमा कोभिड–१९ भाइरस विरुद खोप अभियान सुरु भएको आज १ वर्ष पुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ढ खोप आएपछि नेपालले गतवर्ष माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोभिड–१९ महामारीविरुद्ध अग्रपंतीमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरुक्षाकर्मी। एम्बुलेन्स चालकलगायतलाई खोप दिइएको थियो । लुम्बिनी प्रदेशमा भने लुम्बिनी प्रादेशिक अस्पतालका तत्कालीन मेसु डा राजेन्द्र खनालले लगाएका थिए। लुम्बिनी प्रदेशमा अहिले सम्म कोभिड बिरुद्धको पहिलो खोप ८४% र दोस्रो खोप ६२% लगाईएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीका…

यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीमा सरसफाई अभियान सुरु

स्वास्थ्यसमाचार /यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीले कार्यालय परिसरको आजदेखी सरसफाई अभियान सुरु गरेको छ। सेवा ग्राहहीको बढदो चाप र सेवाग्राहीबाट यत्रतत्र छरिने फोहरलाई सहि ब्यबस्थापन गरि कार्यालय वरिपरीको वातावरण सफा राख्नुपर्छ भनी यो सरसफाई अभियान सुरु गरिएको हो। यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीका शाखा अधिकृत प्रेम गौतमका अनुसार आज कार्यलय वरिपरी सरसफाई गरिएको र अब देखी प्रतेक महिनाको कम्तीमा एकपट आफनो कार्यस्थल आफै सफागरौ भन्ने मान्यताका आधारमा यो अभियान संञ्चालन गरिने बताए।उनले कोरोना महामारीमा कार्यलयमा आउने सेवाग्राहीहरुले माक्स लगायत पलाष्टीकजन्य फोहोर कागजपत्र समेत कार्यलय वाहिरै फाल्ने गर्दा कार्यलय बरीपरि फोहर…

लुम्बिनी प्रदेशमा सिटामोलको अभाव छैन : स्वास्थ्य आपूर्ति केन्द्र

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिटामोलको अभाव नभएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवल जनाएको छ। अहिले पनि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३लाख ५० हजार सञ्चित रहेको जनाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरवाईजर रोशन तिमिल्सिना का अनुसार प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १करोड ७१ लाख ६ हजार ३ सय ८५ खपत रहेको र मासिक लुम्बिनी प्रदेशमा १४ लाख ३० हजार ३२ रहेको बताएका छन ।प्रदेशका पालिका स्वास्थ्य संस्था र अस्पतालमा त्रैमासिक प्रतिबेदनका आधारमा असोज अन्तिमसम्मको सम्म १ करोड ६ हजार ६ सय १४ सञ्चित रहेको वताए। २८ लाख…

स्वास्थ्य कार्यालय रुपन्देहीको टोली खोप नलगाएका मानिस खोज्दै गाउँ गाउँमा

स्वास्थ्यसमाचार/जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल बिगत ५ दिनदेखी पालिकामा आफुसंगै खोप अधिकृत तथा अन्य स्वास्थ्यकर्मीसंगै छन । उनी पालिकामा जान्छन त्यहाँ छलफल गर्छन अनि खोप लगाएका छन छैनन् भनेर स्थानियसंग सोध्न पुग्छन । बाहिर जस्तो हल्ला रुपन्देहीमा नभएको र खोप लगाउनमा सबैको चाँसो भएको उनले पाएको बताए। उनी मर्चवार पुगे, जिल्लाको सबैभन्दा टाढाको दुरीमा यो ठाऊँ पर्छ । कर्मचारी स्वास्थ्यकर्मि पालो गरेर जाने ठाऊँ भनेर चर्चा भएको ठाऊँमा पुग्दापनि खोपप्रति सबैको चाँसो भएको र खोप लगाएको बताए । उनले स्थानिय ५ जनालाई सोधे सहजै जवाफ पाए हामीले कोरोनाको…

रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने

स्वास्थ्यसमाचार /रुपन्देहीका सबै स्थानिय तहमा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको आयोजनामा आयुर्वेद सम्वन्धी अभिमुखीकरण हुने भएको हो । जिल्ला समन्य समिति रुपन्देहीमा भएको बैठकले कोरोना महामारी र मानिसको जिबन शैली परिबर्तन गर्ने उदेस्यका साथ स्थानिय तहमा कार्यक्रम गर्न लागीएको लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक नरहरी अर्यालले बताए । स्थानिय तहमा संञ्चालनमा रहेका आरोग्य केन्द्रहरुमा अभिमुखीकरण गर्ने निर्णय भएको छ उनले भने । अभिमुखीकरण संञ्चालन गर्नको लागी जिल्लामा बैठक सम्पन्न भएको छ। जिल्ला आरोग्य समितिका प्रमुख एकराज बिश्वकर्माको अध्यक्षतामा भएको वैठकलले आरोग्य केन्द्रहरुमा अभिमुखीकरण…

कोरोना संक्रमण बढ्दो :सीमा नाकामा हेलचेक्र्याई, अस्पतालमा तयारी तिब्र

रामप्रसाद आचार्य सीमामा न त स्वास्थ्य परीक्षणको लागि पर्याप्त जनशक्ति नै छ, न होल्डिङ सेन्टर नै । सीमित स्वास्थ्यकर्मीबाट काम चलाइएको नाकामा स्वास्थ्यकर्मी आफै संक्रमित भएका छन् । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणमा हटस्पट बनेको लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा तेस्रो चरणको संक्रमण फैलिसकेको छ । दैनिक कोरोना संक्रमण बढ्दै गएको र रोजगारी पनि गुम्दै गएकाले कामको खोजीमा भारतमा गएकाहरु धमाधम नेपाल आइरहेका छन् । यसले पनि भारतसँग सीमा जोडिएका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा संक्रमणको जोखिम बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हरेक दिन यी जिल्लामा…

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ :डब्लूएचओ

एजेन्सी /विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ले युरोपबाट कोरोना महामारीको अन्त हुनसक्ने संकेत गरेको छ। तर, ओमिक्रोन भेरियन्टको कारणले चलिरहेको कोभिड(१९ लहर अहिले तीव्र गतिमा विश्वका अधिकांश ठाउँमा फैलिरहेको छ। कोरोनाको यो खतरनाक भेरियन्टले महादेशको करिब ६० प्रतिशत जनसङ्ख्यालाई सङ्क्रमित गर्ने बताइएको छ। डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगेले एएफपी समाचार एजेन्सीलाई भने, ‘कोरोनाको ओमिक्रोन भेरियन्टका साथ महामारी नयाँ चरणमा प्रवेश गरेको छ। जसले मार्चसम्म युरोपमा ६० प्रतिशत मानिसहरूलाई संक्रमित गर्न सक्छ र योसँगै अन्ततः महामारीको अन्त्य पनि हुनसक्छ।’ ‘यो राम्रो कुरा हो कि, यो महामारी अन्त्यतिर गइरहेको छ,’ उनले भने। तर,…

लुम्बिनी प्रदेश फागुनसम्ममा सबै नागरिकलाई खोप : स्वास्थ्यमन्त्री थारु

स्वास्थ्यसमाचार/ लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो । सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र…

कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश प्रमुख शेरचनको चासो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारका अबस्थाबारे जानकारी लिनुभएको छ । पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिनु भएको हो । मुख्यमन्त्री कुल प्रसाद केसी सहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब,सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर अहिलेको अबस्थाको बारेमा जानकारी लिनुभएको हो । प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाब दिनुभयो…

श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न प्रेस काउन्सिलको माग

स्वास्थ्यसमाचार /प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न सरकारसंग माग गरेको छ । श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको आइतबार बसेको बैठकले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय गरेको हो । श्रमजीवी पत्रकार एलवी विश्वकर्माको उपचारमा निजामती कर्मचारी (सिभिल)अस्पतालले बेवास्ता गरेका कारण निधन भएको विषयमा प्रेस काउन्सिलले गम्भीर चासो व्यक्त गर्दै आएको छ ।६ सय रुपैयाँ अपुग भएकै कारण सिभिल अस्पतालले पत्रकार विश्वकर्मालाई आकस्मिक उपचार कक्षमा भर्ना नगरेको र समयमै उपचार हुन नसक्दा उनको निधन भएको भन्ने समाचारहरु बाहिर आए…