तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानमा सबैको प्रतिबद्धता

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक—आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी,…

तिलोत्तमा नगरपालिकाले थाल्यो फोहर न्यूनीकरण अभियान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन(शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको पनि लागत साझेदारी रहेको छ । पहिलो चरणमा खानेपानी संस्थाले १ हजार थान कम्पोष्टविन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने संस्थाले जनाएको छ । नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले…

के हो जनस्वास्थ्य प्रयोगशाला, प्रदेश देखि पालिका सम्म, कस्तो हुनुपर्छ ?

डा.श्रवणकुमार मिश्र / स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव छैन । यसैले पालिका सम्ममा सरकारी स्तरमा तिर्न सक्ने ले उचित शुल्क दिएर र नसक्ने ले निःशुल्क पाउन सक्ने गरी जनस्वास्थ्य प्रयोगशाला स्थापित भए मात्र यसका पहुँच सर्वसाधारण सम्म हुन सक्छ । र गरिबी रेखा मुनी जीवन यापन गर्ने नेपाली ले समेत संविधान ले स्वास्थ्य लाई आधारभूत मौलिक अधिकार को रुपमा स्थापित गरेको कुरा को वास्तविक अनुभूति गर्न पाउँछन् । प्रयोगशाला भनेको आधारभूत जाँचहरू हुने विभाग हो, जहाँ कुनै व्यक्ति स्वस्थ वा अस्वस्थ…

प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी बुटबलमा सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा दुई दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो। लुम्बिनी प्रदेशका १२ वटै स्वास्थ्य कार्यालयहरू, संघिय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पतालमा कार्यरत प्रयोगशाला कर्मीहरु र अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो। समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालय हरुले ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गरिएको थियो, भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा गरिएको थियो । साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने काम हरुको योजना तर्जुमा समेत गरिएको छ…

दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ। कसलाइै दिइँदैछ बुस्टर डोज खोप ५५ बर्षमाथिका…

गैडहवामा ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाई सम्मान तथा बिदाई

स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिका स्वास्थ शाखाको आयोजनामा गैडहवा गाउँपालिकाको स्वास्थ क्षेत्रमा सेवारत ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाइ सम्मान तथा बिदाइ कार्यक्रम सम्मपन्न भयको छ। गैडाहवा गाउपालिका प्रमुख प्रसाशकिय प्रमुख कृष्ण प्रसाद पन्थिको अध्यक्षता र गाउँ पालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले कार्यक्रममा बोल्दै निस्वार्थ रुपले ३० वर्ष काम गरेका स्वयंसेविका हरुलाई सधै गाउँपालिकाले सम्मान गर्ने बताउदै स्वयंसेविकाको योगदान गैडहवा गाउँपालिकामा महत्त्वपूर्ण रहेको बताउदै कोरोनाको समयमा समेत स्वयंसेविकाहरुले सहयोगको उच्च प्रसंसा गर्दै स्वयंसेविका हरुलाई बिदाई गर्दा आफू र गाउँपालिका दुखित भएको बताउदै बाकी…

सैनामैना १०मा झारफुक गर्ने क्रममा बिरामी किशोरीको मृत्यु

स्वास्थ्यसमाचार/ झारफुक गर्ने क्रममा एक बिरामी किशोरीको मृत्यु भएपछि प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। फागुन २० गते झारफुक गर्ने क्रममा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीकी सीता ज्ञवालीको मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। किशोरीको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत् उक्त घटनाको चौतर्फी बिरोध भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गरेर ज्ञवालीलाई झारफुक गर्ने सोही ठाउँकी २२ वर्षीया सोनिया रेश्मी झाक्री सहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर दीपक कुँवरले बताए। झारफुक गर्ने क्रममा…

कपिलबस्तुको जितपुरमा ग्रामिण उपचार उद्धारकर्ता तालिम सुरु

स्वास्थ्यसमाचार/ चिकित्सक/ स्वास्थ्यकर्मीहरूको लागी ८ दिने (RMR ) ग्रामिण उपचार उद्धारकर्ता तालिम कपिलबस्तुको जितपुरमा सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा उक्त तालिम सुरु भएको हो। १२जिल्लाका चिकित्सक/स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले सुभारम्भ गर्नु भयो ।तालिम सुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले विपद जोखिम न्युनिकरण विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धारका लागी यो तालिम महत्वपुर्ण रहेको बताउनु भयो। उहाले सडक दुर्घटना प्राकृतिक विपद् हुदा कसरी छिटो उद्धारगर्न र उपचार कसरी गर्ने भन्ने नै तालिम महत्वपुर्ण रहेको बताउदै प्रदेशका १२ जिल्लाबाट चिकित्सक…

तिलोत्तमाका १९९ टोल संस्थाहरु एकै साथ सरसफाई अभियानमा

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले…

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना बनाएका छौ :नगर प्रमुख पान्डेय

स्वास्थ्यसमाचार/ बुटवल-बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताउनुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यसम्बन्धि योजना तर्जुमा छलफल कार्यक्रममा बोल्दै उहाँले बुटवलको स्वास्थ्य क्षेत्रमा छिटै नै सुधार देखा पर्ने बताउनुभयो । बुटवलमा १६-१६ बेडका अस्पताल निर्माणको चरणमा रहेको बताउँदै उहाँले बाल तथा महिला अस्पतालका रुपमा आम्दा अस्पतालको स्तरोन्नति गर्ने र स्वास्थ्य जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको बताउनुभयो। २ दिन चलेको कार्यक्रममा…