साकोसद्वारा एकीकरण दिवसमा रक्तदान, ९६ पाउण्ड रगत संकलन

स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटा सहकारी संस्था एकीकरण भइ सञ्चालनमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा ५, मणिग्रामले रक्तदान कार्यक्रम आयोजना गरि एकीकरण दिवस मनाएको छ । रुपन्देही मणिग्राममा हिजो आयोजित रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । रक्तदान कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो । रक्तदान गर्दा विभिन्न रोगहरुको निःशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने…