द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाद्वारा बुटवलमा रक्तदान

स्वास्थ्यसमाचार/  द श्री फाउन्डेसन आईएनसी, न्यूयोर्क अमेरिकाको आयोजनामा बुटवलमा रक्तदान भएको छ ।

लायन्स क्लव अफ काठमाडौं शालिग्राम, मैनादेवी फाउन्डेशन रुपन्देही, स्वयंसेवी रक्तदाता समाज बुटवललगाएतको सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३१ जनाले सहभागिता जनाएका हुन् ।

द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार सो संस्थाले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा, बाल सुरक्षा, युवा शसक्तिकरण, शिक्षा तथा वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ ।

अमेरिका र नेपाल लगाएत बिभिन्न मुलुकमा सामाजिक सेवा गर्दै आएको सो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्यहरु गर्नका लागि ईजाजत समेत प्राप्त गरिसकेको अध्यक्ष पन्थीले जानकारी गराए।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भुमी ब्यबस्था मन्त्रालयका सचिव यामनारायण देवकोटा, आयोजक पुरुषोत्तम पन्थी, लायन्स क्लव अफ काठमाडौं शालिग्रामका चार्टर प्रिसेडेन्ट ओम शर्मा, मैनादेवी फाउन्डेशनका अध्यक्ष केपी खनाल, स्वयंसेवी रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण चौहान, प्राध्यापक डा. ताराप्रसाद भट्टराई, नेकपा एमालेका नेता किशन ज्ञवाली, बिकास जंग बस्नेत, पत्रकार हरिश ढकाल लगाएतले बर्तमान अवस्थामा रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।

 

सम्बन्धित शिर्षक :