गैडहवाका बिरामीले पाउने भए नि: शुल्क रगत

स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिकामा नागरिकलाई बुधबार देखि नि शुल्क रगत उपलब्ध गराउने गरि सम्झौता भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो ।

गैडहवा गाउँ पालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा बिच सम्झौता भयको छ सम्झौतामा पत्रमा प्रथम पक्षमा गैडहवा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी ,दोस्रो पक्षमा सभापति नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिच सहमति पत्रमा हस्ताक्षर भयको हो गाउँपालिकाले बताएको छ ।

सहमति पछि बोल्दै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो गाउँ पालिका भित्रका स्थानीय बासिन्दाहरु रगत को अभाव बाट कसैको ज्यान नजाहोस भन्दै निशुल्क रुपमा रगत प्रदान गर्दा स्वास्थमा क्षेत्रमा केहि टेवा पुग्ने विश्वास ब्याक्त गर्नु भयो।

आफ्ना नागरिकको स्वास्थ प्रति घनिभुत प्रकारले गाउँपालिका लागेको पनि बताउनु भयो। आजदेखि लागुहुनेगरि रगतको पैसा गाउपालिकाले तिरिदिने र आबश्यक पर्दाको खन्डमा नागरिक लाइ सेवा लिन पनि आग्रह पनि गर्नु भयको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी साखा उपसाखाका सभापति , स्वास्थ्य साखा प्रमुख स्थानीय बुद्धिजीवी पत्रकार लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित शिर्षक :