स्वास्थ्यसमाचार/चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम कम भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले रगत अभाव हुन नदिन स्वैच्छिक रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बुटवल र भैरहवामा दैनिक १०० देखि १२० युनिटसम्म रगत आवश्यक पर्ने गरेको छ। उक्त रगतको व्यवस्थापन विभिन्न संघसंस्थाको सहयोगमा हुँदै आएको छ। तर, ठूला चाडपर्वका समयमा रक्तदान कार्यक्रम कम हुँदा आवश्यक रगतको व्यवस्थापनमा चुनौती थपिन सक्ने देखिएको छ। दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न जटिल रोगको उपचारका क्रममा बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा समयमै रगत उपलब्ध गराउन नियमित रक्तदान र पर्याप्त रक्तसञ्चिति…
रक्तदान
रुपन्देहीमा रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन
स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…
तिलोत्तमा नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता
स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले नगरबासीलाई आवश्यक परेको बेला निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ। यसका लागि नगरपालिका र नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको रक्तसञ्चार केन्द्रबीच सम्झौता भएको हो। सम्झौतामा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा जिल्ला सभापति रामचन्द्र उपाध्याय बीच हस्ताक्षर भएको छ। सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले नगरबासीलाई बिरामी परेको अवस्थामा रगतका लागि आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरबासीलाई रगत आवश्यक परेको बेला निःशुल्क उपलब्ध गराउने गरी सम्झौता गरेका छौँ। रगतबापत लाग्ने रकम नगरपालिकाले भुक्तानी गर्ने…
तिलोत्तमाको सामाजिक उत्तरदायित्व : निःशुल्क रक्तसेवा प्रभावकारी
तिलोत्तमा / रुपन्देही तिलोत्तमा नगरपालिकामा सञ्चालनमा रहेको निःशुल्क रक्त सेवा कार्यक्रमले सयौं बिरामीलाई राहत दिएको छ । आकस्मिक र नियमित उपचारका क्रममा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिए पनि मागअनुसार आपूर्ति मिलाउन भने अझै चुनौती छ । नगरपालिकाले २०७८ सालदेखि सुरु गरेको यस कार्यक्रमअन्तर्गत हालसम्म करिब १२ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ । पालिकाको आर्थिक प्रशासन शाखाका अनुसार एक युनिट रगतका लागि ९५० रुपैयाँका दरले भुक्तानी हुँदै आएको छ । हालसम्म १ हजार २ सय ३६ पोका रगत ९५५ जनाले लिएको…
पाल्पामा निर्वाचन प्रहरी : रगतको अभाव परिपूर्तिमा सक्रिय
स्वास्थ्यसमाचार/ जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा पाल्पामा खटिएका निर्वाचन प्रहरीले सक्रियता देखाएका छन् । उनीहरुले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै यहाँ रगत अभाव हुन नदिने उद्देश्य राखेर रक्तदानमा सक्रियता देखाएका हुन् । निर्वाचनको सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यमा उनीहरु लागेका छन् । एक महिने जागिरमा भर्ना भएका उनीहरुले देखाएको मानव सेवा कार्य देशमै नमुना बनेको छ । विहानदेखी साँझसम्म निर्वाचन सुरक्षाको बारेमा तालिम तथा प्रशिक्षणमा खटिएका उनीहरुले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय…
शान्ति नमुना माविमा रक्तदान कार्यक्रम, ३९ जनाको सहभागिता
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो । बुटवल ब्लड बैंकका प्राविधिकहरु निरञ्जन राजभण्डारी, रोशन पुन र प्रिती थापाले प्राविधिक संयोजन गर्नुभएको थियो ।विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवा भावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो । रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री टेक बहादुर थापा, विद्यालय व्यवस्थापन…
मयुर बचत सहकारी संस्था, भैरहवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा सिनपा वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पु¥याएकोले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिएर विरामीको ज्यान जोगाउने कार्यमा…
रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै
गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ | सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्नेछ । रगत अभाव रहेकोले १८ बर्ष माथीका ४५ केजी माथी तौल भएका स्वस्थ व्यक्तिले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका…
रेडक्रस रुपन्देही र सिनपाका सहकारी संस्थाबीच रक्तदान प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया
स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर पालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । रुपन्देही जिल्लामा रगतको संकलन, आपुर्ती तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्धेश्यमाथि रेडक्रस रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सामाजिक दायित्व वहनमा सहकारी संस्थाको ठुलो योगदान रहेकाले रक्तदाता शिक्षा र रक्तदान कार्यक्रममा सहकारी संस्थाहरुलाई पनि साथ लिई प्रभावकारी बनाउनपर्ने,…
विश्व बन्धुत्व दिवसमा ब्रह्माकुमारीद्वारा १लाख युनिट बढी रक्त सङ्कलन
स्वास्थ्यसमाचार/ विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान–२०२५’ चलाइएको हो । एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत सङ्कलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिइन । यो महाअभियानको पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं १ का…



