स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

रुपन्देहीमा डेंगुका बिरामी बढे सचेतना कार्यक्रम गर्न बजेट अभाब

स्वास्थ्यसमाचार रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ ।लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताए । रुपन्देहीका हरेक ल्याबहरुमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ…

लुम्बिनी प्रदेशमा अव रगत पुर्ण निशुल्क

स्वास्थ्यसमाचार /सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धीसबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरिप्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्कनिशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमारहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनिसेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो…

लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…

लुम्बिनी प्रदेशको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो् । निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिषेश क्षेत्रमा राखिएको छ। स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल…

बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

१५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य मन्त्रालय बुटबलमा रक्तदान

स्वास्थ्यसमाचार/ १५औ गणतन्त्र दिबशको अबसरमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले रक्तदान कार्यक्रम गरेको छ। उक्त रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ नर्सिङ अधिकृत नेहा थापाले बताईन। उनले मन्त्रालयमा आयोजीत कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्यकर्मि रक्तादाताहरु स्वास्थ्यमन्त्रालयका कर्मचारी लगायतले रक्तदान गरेको थापाले बताईन। रक्तदानगर्नको लागी नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाले सहयोग गरेको थियो। सरकारले ३ दिन सम्म १५औ गणतन्त्र दिबश मनाउने भएको छ।गणतन्त्र दिबशको अबसरमा भोली १५ गते सार्वजानीक बिदा दिएको छ।

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १६महत्वपूर्ण कार्यक्रम

स्वास्थ्यसमाचार /सरकारको नीति तथा कार्यक्रमम स्वास्थ्यका महत्सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् । १. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । २. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान…

सियारीका ४ निर्णय : गर्भवती महिलाका लागि फोलिक एसिड देखी वृद्धवृद्धा, अशक्त र अपांगलाई घरदैलो सेवा

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरेले चारबटा निर्णय गरेका छन। सोमबार गाउँपालिकामा पदभार ग्रहण गर्दै नवर्निचित अध्यक्ष थानेश्वर घिमिरेले पदभार ग्रहण गरेसंगै ४ निर्णय गरेका छन। १) गर्भवती महिलाका लागि फोलिक एसिड ट्याब्लेट ३ महिना सम्म निशुल्क उपलब्ध गराउने २) ७० बर्ष उमेर पुगेका वृद्धवृद्धा, अशक्त तथा अपांग नागरिकको लागि घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने ब्यवस्था गर्ने ३) रेडक्रस संग समन्वय गरि रगत आवश्यक पर्ने बिरामी हरुलाई निःशुल्क रगत उपलब्ध गराउने ४) क्यान्सर रोगबाट ग्रसित भई उपचाररत रहनु भएकाअमवा गाविसका पूर्व गाविस अध्यक्ष भवानी शंकर सापकोटालाई उपचार सहयोगका लागि ५१,०००…

निर्वाचनमा रगत अभाव नहोस भनेर युवाहरुद्धारा रक्तदान, ६१ युनिट रगत सङ्कलन

स्वास्थ्यसमाचार/ आसन्न चुनाबलाई मध्यनजर गरि गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियानले संयुक्त रुपमा रक्तदान गरेका छन। आज बुटबलमा उनीहरुले ६१ युनीट रगत संकलन गरेका हुन । बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीका अनुसार अहिलेको परिस्थिति लाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहि हद सम्म भए पनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान संञ्चालन गरिएको बताए। उक्त कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरी ले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल…