पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम

स्वास्थ्यसमाचार/पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए । उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर…

रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा रगत अभाव नहुने विश्वास

स्वास्थ्यसमाचार/रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख खर्च भइसकेको छ। जसमध्ये भवन निर्माणमा २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए। भवन निर्माणसहित…

लुम्बिनीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रोडम्याप तयार गरिदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरिय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताउनु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षिय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खनालले त्यस्का लागी स्पष्ट खाका तयार पारेर निश्चित समय भित्र परिणाम देखिने गरि काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार…

नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशमा रक्तदान

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्यको प्रमुख आतिथ्य जिल्ला अध्यक्ष ईश्वरी पौडेको अध्यक्षता संघका उपाध्यक्ष शिद्धार्थ आचार्यको स्वागतमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय सचिब अमृत भुसाल र पुर्व महासचिब भाष्कर आत्रेयले शुभकामना ब्यक्त गर्नु भएको थियो। उक्त अबसरमा ४५ जनाले रक्तदान गर्नु भएको संघका उपाध्यक्ष शिद्धार्थ आचार्यले बताउनु भयो।

स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय सच्चाउ :मेलान(MELAN) लुम्बिनी

स्वास्थ्यसमाचार/ मेडिकल ल्यावोरेटोरी एशोसिएशन अफ नेपाल लुम्बिनी स्वास्थ्य निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य क्षेत्र एउटा गम्भिर विषय हो । जनता स्वस्थ भएर बाँच्न पाउनु पर्छ । जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने राज्यको दायित्व हो । संघिय संरचनामा राज्य प्रबेश गरिसकेपछि यस प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने छुट्टै मन्त्रालय हुनुपर्छ भन्ने महत्वपूर्ण सोचका साथ यस प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भएको सर्बविदितै छ । स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था गर्ने र यसकै मातहतमा निर्देशनालय मार्फत कार्यान्वयन गराउने अत्यन्त राम्रो अभ्यास रहदा रहदै अन्य मन्त्रालय अन्तर्गत निर्देशनालय सरह…

स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा रक्तदान १०३ युनिट रगत संकलन

स्वास्थ्यसमाचार नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ। स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्य कर्मि संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो। उहाले ‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ ज्ञाबलीले भन्नु भयोे। रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट…

प्रेस युनियनको ३२औं स्थापना दिवसः रुपन्देहीमा रक्तदान

गोकर्ण ज्ञवाली ‘प्रकास’ । जेठ १२, बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको ३२औं स्थापना दिवस रक्तदान कार्यक्रमसंगै मनाउन लागेको छ । रक्तदान कार्यक्रम जेठ १३ गते शनिवार रक्तसंचार सेवा केन्द्र(ब्लडबैंक) बुटवलमा आयोजना गरेको युनियन सभापति कविन्द्र नेपालले जानकारी गराउनू भएको छ । रक्तदान विहान आठबजेदेखि शुरु हुने कार्यक्रम संयोजक कल्पना शर्माले जानकारी गराउनूभएको छ । उहाँले रक्तदान कार्यक्रममा युनियनक्रमीसंगै शुभेच्छुक, सबैलाई सहभागीताको लागी अनूरोध पनि गर्नूभएको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिले जेठ १२ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान…

स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्य,महासचिवमा चौहान

स्वास्थ्यसमाचार/ नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा पुनस् प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा ध्रुव थपलिया चितवन, महासचिवमा कृष्ण चौहान क्षेत्री  (  रुपन्देही ), सचिवमा तिर्थराज अवस्थी ( कास्की)   र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)निर्वाचित हुनु भएको छ । त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहनु भएको छ…

निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत :प्रदेश प्रमुख शेरचन

स्वास्थ्यसमाचार/ लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत निस्शुल्क हुनुपर्ने बताउनु भएको छ । उहाँले रगतमा मूल्य लिनु गलत भएको पनि बताउनु भयो । सर्वसाधारणले निस्शुल्क दान गरेको रगत निस्शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयो । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा…

नेविसघं रुपन्देहीद्धारा रक्तदान १ सय १७ प्वाईन्ट रगत संकलन

स्वास्थ्यसमाचार /नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरीन । नेपाली कांग्रेस…