रुपन्देहीमा ७६ जनामा कोरोना संक्रमण, २०२ जना संक्रमणमुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६सय ६१ नमुनाको आरटीपीसीआर परीक्षणमा जम्मा ७६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।जिल्लामा रहेका ४ बटा प्रयोगशालमा गरिएको नमुनाको पीसीआर परीक्षणमा जम्मा ७६ जना संक्रमण देखिए हुन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको तथ्याक अनुसार रुपन्देहीका १६ पालिकामा मध्ये सिद्धार्थनगरमा १४ जना, बुटवल उपमहानगर१३ तिलोत्तमा नगरमा १३ जना, सैनामैनामा १० जना, देवदहमा ८ जना, कोटहिमाईमा ७ जना, ओमसतियामा ६ जना, कञ्चनमा ३ जना रोहिणीर १ सियारीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा जिल्लामा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २सय २ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले पनि १५सय ७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याक छ।

सम्बन्धित शिर्षक :