पत्रकार महासघ लुम्बिनीद्धारा खोपलाई प्राथमिकता दिन माग

लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत पत्रकाहरु खोप लगाउन वांकी

स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खोप लगाउन छुटेका पत्रकारहरुलाई अवको चरणमा प्राथमिकताको सुचिमा राख्न माग गरेको छ ।

महासंघले महामारीमा अग्रपंतींमा खटेर सुचना प्रवाह गरिरहेका पत्रकाहरुलाई खोपका लागि प्राथमिताको सुचिमा राख्न माग गरेको हो । पहिलो चरणको खोप अभियानमा धेरै पत्रकारहरु छुटेको भन्दै माहासघले यस्तो माग गरेको हो । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको टोलीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भोज प्रसाद श्रेष्ठलाई भेट गरि अवको क्रममा खोपको प्राथमिकतामा छुटेका पत्रकाहरुलाई समावेश गर्न माग गरेको हो ।

महासघका अध्यक्ष वसन्त गिरीको नेतृत्वमा गएको महासंघको टोलीले विविध कारण खोप वाट वञ्चीत भएका पत्रकारहरुलाई अवको क्रममा हुने खोप अभियानमा प्राथमिकताका साथ समेट्न माग गरेको थियो । लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत पत्रकाहरु अझै पनि खोप लगाउन वांकी रहेको तथ्याकं छ ।

उनिहरुलाई अवका क्रममा शुरु हुने खोपका लागि प्रवन्ध गरि संचारकर्ममा अझ सक्रियताका साथ खट्नका लागि हौसला प्रदान गर्न प्रदेश सरकारसंग गर्दै महासंघका अध्यक्ष गिरी र महासचिव विक्रम खड्को हस्ताक्षरमा माग पत्र बुझाईएको हो । माग पत्र बुझ्दै स्वास्थ्य मन्त्री श्रेष्ठले पत्रकारहरु पनि यो महामारीमा फन्टलाईनरकै रुपमा आफुहरुले बुझेको भन्दै सोहि अनुशारको प्राथमिकताको सुचिमा राखिने आश्वासन दिए ।

उनले माथिल्लो तहमै समेत पहल गरेर अवका क्रममा छुटेका सबै पत्रकारहरुलाई खोप दिलाउने दायित्ववाट आफुहरु पछि नहट्ने बताएका छन् । केहि समय पछि सरकारले चिनिया खोप भेरोसिल लगाउने तयारी गरिरहेको छ।

भारतिय खोप नआएपछि चिनिया खोप लगाउनका काम शुरु भैरहेको छ। अहिले काठमाडौंमा खोप अभियान चलेपछि उपत्याका वाहिर अव आउने सरकारी अधिकारीहरुले बताएका छन् ।

मन्त्रीसंगको भेटमा प्रदेशभरीका पत्रकाहरुका लागि स्वास्थ्य समाग्रीहरुको प्रवन्ध गर्न समेत माग गरिएको महासचिव बिक्रम खड्काले बताए । भेटघाटमा प्रदेश समितिका सदस्यहरु प्रेमनारायण आचार्य, टेक वहादुर मास्की राना, चिन्ता परियार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :