लुम्बिनी प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

स्वास्थ्यसमाचार/ बेलायतमा कार्यरत डाक्टरहरुको संस्था हेल्थ एक्सचेन्ज नेपालले लुम्बिनी प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेसु डा राजेन्द्र खनालका अनुसार बेलायतमा कार्यरत डाक्टरहरुको संस्था हेल्थ एक्सचेन्ज नेपालका महासचिव प्रोफेसर डा. सत्यन राजभण्डारीको संयोजनमा बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका दोश्रो ब्याचका डा मोहन थापाको सक्रियतामा अस्पतालमा अक्सिजनको अभावमा उपचारमा समस्या भएको बुझी उक्त ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख डा राजेन्द्र खनालले एम बी बी एस अध्ययन बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरेका थिए । डा खनालले भने बापियो(BAPIOÖ British Association of Physicians of Indian Origin ) मा सम्बद्ध दाताहरुबाट ४० थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ। उक्त सामाग्री अस्पतालको नाममा आएको त्रिभुवन बिमानस्थलमा कार्गोलाई स्वास्थ मन्त्रालयबाट आवश्यक सहजीकरण गरी लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइपुर्याइएको छ ।

अस्पतालका फार्मेसी प्रमुख पदम खनालले कार्गोबाट सामान बुझी अस्पताललमा ल्याएको बताए। खनालले डायबेटिक एशोशियशन नेपालका अध्यक्ष रोशन कृष्ण न्याछ्यौबाट आवश्यक सहयोग प्राप्त भएको समेत बताए । अप्ठ्यारोमा पनि अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नुहुनेप्रति अस्पताल परिबार आभारी रहेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

सम्बन्धित शिर्षक :