रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण, ३०२जना संक्रमण मुक्त

स्वास्थ्यसमाचार / रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २सय ६१ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको भने ३सय २ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र रोहिणी गाउँपालिकामा ४४ जना, शुद्धोधन गाउँपालिकामा ३ जना र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८३ पुगेको छ । जसमध्ये २५ हजार ४सय ७२ जना निको भएका छन । हाल जिल्लामा १ हजार १सय ६१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४सय५० पुगेको छ ।

सम्बन्धित शिर्षक :