नयाँ स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनःगठन गर्दै तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले शुक्रबार बेलुकी ८ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् ।

यसअघि स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी थिए । तामाङ नेकपा एमालेको कार्यालय सचिब हुन् । उनी विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक २ बाट सांसद थिए ।

सम्बन्धित शिर्षक :