लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक सम्म गाडी रोक्न निषेध

स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो…

बुटबलमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई AHMIS तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा वितरण प्रणाली र बिरामी हेरचाहका सबै कार्यहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली समन्धि ३ दिने तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटबलमाAHMISआयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली प्रदेशका १२ जिल्लामा रहेका आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी लाई आयुर्वेद स्वास्थ्य व्यबस्थापन गर्नेको लागी सहज होस भन्ने उदेश्यका साथ तालिम दिईएको हो। तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनालाल चौधरीले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा राम्रो काम सुरु भएको बताएका छन। राम्रो काम भएपनि अहिले सम्म डाटा ब्यबस्थापन राम्रो नभएकोले अहिलेको…

भेरी अस्पतालमा डायलाइसिस सेवा पाउनै मुस्किल, १५ महिनादेखि पालो पर्खदैं बिरामीहरू

कृष्ण अधिकारी नेपालगन्ज/ नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरुले १५ महिनादेखि पालो पर्खदा पनि डायलाइसिस सेवा पाउन सकेका छैनन् । अहिले नेपालगन्जको भेरी अस्पतालमा बाँके, बर्दिया, सुर्खेत, दाङदेखि जुम्लासम्मका ८५ जना मिर्गौलाका बिरामीहरुले डायलाइसिस सेवाका लागि पालो पर्खिरहेका छन् । वि।सं। २०७८ भदौंपछि नयाँ बिरामीहरुले भेरी अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा ४ वटा मात्रै डायलिसिस मेसिन छन । नियमित सेवा लिने बिरामीहरुका लागि तीन वटा र आकस्मिक सेवा लिने बिरामीहरुका लागि एउटा मेसिनबाट सेवा दिने गरिएको छ । पछिल्लामा दिनहरुमा युवाहरुमा पनि मिर्गौला सम्बन्धी…

युसिएमएसमा बिरामीको उपचारमा लापरबाही : पीडितले गरे क्षतिपूर्ति माग

स्वास्थ्यसमाचार/ भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका…

पाल्पा बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो ‘कोलिफर्म’

स्वास्थ्यसमाचार/ जिल्लाको बगनासकाली गाउँपालिका –१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताउनुभयो । उहाँका अनुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको हो । पानीको मूलमा वा…

लुम्बिनीमा ४ हजार ३ सय बढी एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

स्वास्थ्यसमाचार / ३५ औ विश्व एचआईभी एड्स दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । विश्वभर मनाईने यो दिवसमा रुपन्देहीमा अन्तरक्रिया, प्रभातफेरी सहितका कार्यक्रम गर्न लागिएको हो । सोही अनुसार बुधवार बुटवलमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । विश्व एड्स दिवसको पुर्व सन्ध्यामा आयोजना गरिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक संस्था स्वाथ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मान बहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुको संख्या घट्दै गएको बताए । लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरुको संख्या रहेको जानकारी दिदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारीतथा गैर…

रुकुम (पूर्व) अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट जन्मियो बच्चा

स्वास्थ्यसमाचार / रुकुम (पूर्व) जिल्लामा पहिलो पटक महिलाको शल्यक्रिया गरी बच्चा जन्माएकी छिन्।जिल्लाको भुमे गाउँपालिका की १८ बर्षीय महिलाको ४२ हप्ता १ दिनको बच्चा शल्यक्रिया गरी निकालिएका हो। रुकुम (पूर्व) जिल्ला अस्पतालका डा नारायण बरालका अनुसार भुमे गाउँपालिका की १८ बर्षीय महिला सुत्केरीबेथा लागेको र बच्चा नर्मलतरिकाले नजन्मिएपछि उनको शल्यक्रिया गरी बच्चा निकालिएको छ यो जिल्लाको पहिलो भएको बताए। उनले अब अस्पतालमा हाईड्रोशिल हर्निया तथा ईर्मेजेन्सी सेवा उपलब्ध हुने बताए । जिल्ला अस्पतालमा एमडी जिपी विशेषज्ञ सहित ६ जनाको टोली निकसाईम्सले उक्त अस्पतालमा पठाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार…

नेपालमा पूर्ण स्तनपान : पछिल्लो पाँच वर्षमा १० प्रतिशतले घट्यो

स्वास्थ्यसमाचार/ बच्चालाई स्वस्थ राख्नका लागि जन्मेदेखि छ महिनासम्म आमाको दुध बाहेक अन्य पदार्थहरु खुवाउन राम्रो मानिदैन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दुधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात पूर्ण रुपमा स्तनपान ( एक्सक्लुसिभ) ब्रेस्ट फिडिङ गराउनु भन्दै आएका छन् । तर, नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले कम भएको छ । भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले कमी आएको देखाएको छ । सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा…

रुपन्देही २(ख) बाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १६ हजार ३ मत सहित विजयी हुनुभएको छ। भने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो हुनुभएको छ । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी बन्नु भएको हो । हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गर्नु भएको थियो । पुर्व मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा…

दाङ १(१)बाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू निर्वाचित

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १(१) बाट माओवादी केन्द्रका थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो । थारू यस अघि नेकपा एमाले सँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।२०६३ मा अन्तरिम विधायिका हुँदै २०६४ मा पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसका खुमबहादुर खड्कालाई पराजित…