स्वतन्त्र पार्टीले स्वास्थ्य पाएन ,एमालेका पदम गिरी स्वास्थ्य मन्त्री बन्ने

राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीले पाउने करीव करीब निश्चित

स्वास्थ्यसमाचार/ नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।

एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।डा पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छौँ भनेर नेतृत्वबाट खवर आएको छ । म त्यसैको तयारीमा छु,’ सम्छिप्त कुराकानी गर्दै गिरीले भने ।

स्वास्थ्य मन्त्री एमालेको भए पनि राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीले पाउने करीव करीब निश्चित भएको छ ।‘राज्यमन्त्री स्वतन्त्र पार्टीबाट आउने कुरा भएको सुनेको छु,’ गिरीले भने ।

 

सम्बन्धित शिर्षक :