को बन्छ स्वास्थ्य जनसंख्या मन्त्री डा.तोसिमा कि , डा.चन्दा कार्की ?

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा तोसिमा कार्की र समानुपातिक सांसद डा चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् ।

सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने वताएका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका हुन।

ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मागेको थियो ।

पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने सभापति एबं गृहमन्त्री रवि लामिछाने बताएका छन।

सम्बन्धित शिर्षक :