जोनसनखोप लगाएकाले बुस्टर डोज :कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर जुनपनि मिल्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जोनसन एण्ड जोनसन खोप लगाएकाहरुले बुस्टर डोज लगाउन पाउने वा नपाउने पाए पनि कुन खोप लगाउने भन्ने जिज्ञासामा जवाफ दिएको छ।

महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै जोनसन एण्ड जोनसन लगाएकाहरुले पनि ६ महिनापछि बुस्टर डोज लगाउन सक्ने बताएको छ।

उसले उपलब्ध भएका सोही खोप अन्यथा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर पनि दिन मिल्ने स्पष्ट पारेको छ।विभिन्न जिल्लाबाट यससम्बन्धी जिज्ञासा आएकोले प्रष्ट पारिएको महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले बताइन्। जोनसन एण्ड जोनसन एक मात्रा लगाए पुग्ने खोप हो।

सम्बन्धित शिर्षक :