धुर्कोट गाउँपालिका २ पिपलधारा हेल्थपोष्टमा ल्याव सेवा सुरु

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट २ पिपलधारमा पहिलो पटक ल्याव सेवा शुरु भएको छ ।पहिलादेखि नै स्वास्थ्य चौकी भएपनि ल्याव सेवा नहुदां सामान्य रोगको पहिचानका लागि पिपलधाराका नागरिकहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नु पर्दथ्यो ।

अव ल्याव शुरुभएसंगै रोग पहिचानको लागि अन्यत्र जान नपर्ने स्वाथ्य चौकीले जानकारी दिएको छ । सो ल्यावको एक समारोहका विच धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गरे ।

आफै रगत परिक्षण गरेर उनले ल्यावको शुभारम्भ गरेका हुन् । स्थानिय सरकारको समेत आर्थिक सहयोगमा ल्याव शुरु भएपछि पिपलधारा वासीका लागि ठुलो उपलब्धी भएको पिपलधाराका वडा अध्यक्ष नविन जिसीले बताए । आफु निर्वाचित भएदेखि नै ल्यावका लागि पहल गरेपनि अहिले वल्ल काम सम्पन्न भएको भन्दै उनले यसको लाभ लिन वडावासीलाइ आग्रह गरे ।

पालिका अध्यक्ष पोख्रेल र उपाध्यक्ष शिव वहादुर केसीले ल्यावसंगै पिपलधारा स्वाथ्य चौकीलाई जनशक्ति र अन्य पुर्वाधारले सुविधा सम्पन्न गराउने प्रतिवद्धता जनाएका छन् ।

स्वाथ्यचौकीमा २४ सै घण्टा वर्थिङ सुविधा, विशेषज्ञ चिकित्सक, निशुल्क औषधी लगायतको व्यवस्थापका लागि पहल गर्न स्थानियले माग गरेका छन् ।नजिकको सरकार स्थानिय सरकार भएकोले स्थानियको माग लाई सम्बोधनका लागि पहल गरिने जनप्रतिनिधिहरुको भनाई छ ।

सम्बन्धित शिर्षक :