तिनाउ इन्टरनेशनल हस्पिटलमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु

स्वास्थ्यसमाचार/ तिनाउ हस्पिटलमा जोर्नी प्रत्यारोपण सेवा सुरु जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको छ ।बुटवल–८ सुख्खानगर स्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिमा पहिलोपटक जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको हो ।

जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन कृत्रिम जोर्नी प्रत्यारोपण गरिन्छ । हाडजोर्नी नशा तथा मेरुदण्ड रोग बिशेषज्ञ डा. योगेन्द्र अग्रहरीको नेतृत्वको टिमले पहिलो पटक जोर्नी प्रत्यारोपण गरेको हो ।

आधुनिक अप्रेशन थ्रिएटरमा अत्याधुनिक उपकरणको प्रयोग गरी रुपन्देहीको सैनामैनाका २४ वर्षीय युवामा जोर्नी प्रत्यारोपण गरिएको डा. अग्रहरीले जानकारी दिए ।शल्यक्रियापछि बिरामीको अबस्था सामान्य रहेको छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसक्ने अवस्था आएपछि खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरिन्छ ।

‘अस्पतालमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले यस क्षेत्रमा हामीले यो सेवा शुरु गरेका हौँ ।’ डा. अग्रहरीले भने । जोर्नी प्रत्यारोपण बिशेष गरि घुँडा, काँध, कम्मर तथा कुहिनाको हुने गरेको छ ।

सामान्यतया ५० वर्षभन्दा माथि उमेर भएपछि हडी खिइँदै जाने समस्या हुन्छ । तर, पछिल्लो समय युवा अवस्थामा पनि बाथ तथा जोर्नीको समस्या देखिन थालेको छ । जोर्नी प्रत्यारोपण जुनसुकै जोर्नीको उपचारका लागि महत्वपूर्ण माध्यम मानिन्छ ।

बिरामीले जोर्नी दुख्दा दुखाई कम गर्ने औषधीहरु सेवन गर्ने र त्यसले बिभिन्न महत्वपूर्ण अंगहरुलाई क्षति गर्ने भएकाले बेलैमा हाडजोर्नी विशेषज्ञसँग सल्लाह लिन र खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्न दैनिक व्यायाम, हिँडडुल गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी बनाउदै गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्न सफल भएको अस्पतालका अध्यक्ष चिरन्जिवि जोशीले बताए ।अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको उनले बताए ।

 

सम्बन्धित शिर्षक :