स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ।

स्वास्थ्य बीमा नियमावली २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था छ।

प्रादेशिक स्तरको समितिको अध्यक्षता स्वास्थ्य मन्त्रालय हेर्ने सचिवले गर्नेछन्। त्यस्तै सदस्य स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयका प्रमुख, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयले मनोनित गरेको एक जना व्यक्ति, स्वास्थ्य र बीमा क्षेत्रमा अनुभव हासिल गरेको एक जना महिलासहित २ जनालाई मन्त्रालयले मनोनित गर्न सक्ने छ। महाशाखा प्रमुख सदस्यसचिव रहने छन्।

सम्बन्धित शिर्षक :