राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत्र २५ देखी हुने

स्वास्थ्यसमाचार/नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्री समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो। संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ।शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो। संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको…

प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी कार्यसमितिको पदस्थापन

स्वास्थ्यसमाचार/ प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा सहित कार्यसमितिको पदस्थापन भएको छ ।शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरि प्रदेश कार्यसमिति घोषणा गर्दै पदस्थापन गरिएको हो । गत मंसिर २२ मा काठमाण्डौमा सम्पन्न अधिवेशनबाट डा. कृष्ण खरेल लुम्बिनी प्रदेशको संयोजकमा सर्वसम्मत निर्वाचित भएका थिए ।संयोजक डा. खरेलले कार्यसमिति विस्तार गरि घोषणा तथा पदस्थापन गराएका थिए ।जसअनुसार सहसंयोजक डा. संकेत रिजाल, महासचिवमा डा. सन्दिप सुवेदी, सचिवमा डा. सुदर्शन थापा र डा. किशोर खत्री, कोषाध्यक्षमा डा. शरिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा डा. दिनेश गौतम रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. राजेन्द्र बस्याल, डा.…

लुम्विनी प्रादेशिक अस्पतालले १ सय १२ औं बार्षिकउत्सव मनाउदै

स्वास्थ्यसमाचार/बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले आईतबार १ सय १२ औं बार्षिकउत्सव मनाउदै छ । पश्चिम नेपालकै सबैभन्दा पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले विशेष समारोहका विच आईतबार वार्षिकउत्सव मनाउन लागेको हो । वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकालले बताउनु भयो । प्रदेश सरकारको गौरवको अस्पतालका रुपमा रहेको लुम्बिनी अस्पतालको मुल समारोेहको मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्ने तयारी छ । सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालले निमार्ण गरेको ४० वेडको आईशियूकक्ष र पचास वेडको मेडिकल वार्डको पनि समुद्घाटन गर्ने…

जनस्वास्थ्यका रिक्त पद लोकसेवा वाट अघि वढाउन नेफाको माग

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघले लुम्बिनीले लामो समय देखि रिक्त रहेको जनस्वास्थ्य तर्फका पदहरुको विज्ञापनको लागि मागाकृति फारम तत्काल पठाउन स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको ध्यानाकर्षण गराएको छ। नेपाल जनस्वास्थ्य संघ लुम्बिनीले प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिबलाई ध्यानाकर्षण गराएको हो।संघका अध्यक्ष हेमराज पाण्डेको नेतृत्वमा आएको टोलीले लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालयमा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, जनस्वास्थ्य अधिकृत को दरबन्दी अनुसार कर्मचारी नभएको लामो समय सम्म बिज्ञापन नखुलाएको र अहिले कार्यरत पनि केहि अवकाश प्राप्त हुन लागेकोले कार्यसम्पादनमै असर पुगेको छ। कर्मचारी समायोजन ऐन २०७५…

पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण १ को मृत्यु

स्वास्थ्यसमाचार/पछिल्लो २४ घण्टामा नेपालमा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय २८ जनाको नमुना परिक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप ५५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणकाकारण मृत्यु भएको जनाइएको छ । यो सहित हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९सय ३२ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ९ हजार २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

वैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क निःशुल्क

स्वास्थ्यसमाचार/ वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विररोध खतिवडाले बताए। अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुनेछ।तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।

कोरोना बिरुद्धकोखोप किन्न विश्व बैंकले थप २ अर्ब १४ करोड दिने

स्वास्थ्यसमाचार /नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन । सो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने ‘यस…

भारतीय सेनाद्वारा एक लाख खोप उपहार

स्वास्थ्यसमाचार/भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्ध एक लाख खोप उपहार दिएको छ । भारत सरकारको खोपमैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेका कोरोनाविरुद्धकोे खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा उपहारस्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । गोर्खा ब्रिगेड प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थ नारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गर्नुभएको बताइएको छ । लेफ्टिनेन्ट जनरल नारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भारतले उपहारस्वरूप प्रदान गरेको…

जोनसनखोप लगाएकाले बुस्टर डोज :कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर जुनपनि मिल्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जोनसन एण्ड जोनसन खोप लगाएकाहरुले बुस्टर डोज लगाउन पाउने वा नपाउने पाए पनि कुन खोप लगाउने भन्ने जिज्ञासामा जवाफ दिएको छ। महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै जोनसन एण्ड जोनसन लगाएकाहरुले पनि ६ महिनापछि बुस्टर डोज लगाउन सक्ने बताएको छ। उसले उपलब्ध भएका सोही खोप अन्यथा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर पनि दिन मिल्ने स्पष्ट पारेको छ।विभिन्न जिल्लाबाट यससम्बन्धी जिज्ञासा आएकोले प्रष्ट पारिएको महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले बताइन्। जोनसन एण्ड जोनसन एक मात्रा लगाए पुग्ने खोप हो।

धुर्कोट गाउँपालिका २ पिपलधारा हेल्थपोष्टमा ल्याव सेवा सुरु

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट २ पिपलधारमा पहिलो पटक ल्याव सेवा शुरु भएको छ ।पहिलादेखि नै स्वास्थ्य चौकी भएपनि ल्याव सेवा नहुदां सामान्य रोगको पहिचानका लागि पिपलधाराका नागरिकहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नु पर्दथ्यो । अव ल्याव शुरुभएसंगै रोग पहिचानको लागि अन्यत्र जान नपर्ने स्वाथ्य चौकीले जानकारी दिएको छ । सो ल्यावको एक समारोहका विच धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गरे । आफै रगत परिक्षण गरेर उनले ल्यावको शुभारम्भ गरेका हुन् । स्थानिय सरकारको समेत आर्थिक सहयोगमा ल्याव शुरु भएपछि पिपलधारा वासीका लागि ठुलो उपलब्धी भएको पिपलधाराका वडा अध्यक्ष नविन जिसीले…