३८८ कोरोना संक्रमित थपिँदा १,२०५ जना निको ४ जनाको मृत्यु

एकैदिन ८ लाख बढीले लगाए कोरोनाविरुद्वको खोप

स्वास्थ्यसमाचार/ नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार १ सय ४० कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार २ सय २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४७ र २ हजार ९ सय १५ एन्टीजेन परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १ हजार २ सय ५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ५२ हजार ५ सय ९९ पुगेको छ । गत २४ घन्टामा देशभर ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।

 

सम्बन्धित शिर्षक :