भारतीय सेनाद्वारा एक लाख खोप उपहार

स्वास्थ्यसमाचार/भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्ध एक लाख खोप उपहार दिएको छ । भारत सरकारको खोपमैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेका कोरोनाविरुद्धकोे खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा उपहारस्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

गोर्खा ब्रिगेड प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थ नारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गर्नुभएको बताइएको छ । लेफ्टिनेन्ट जनरल नारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

भारतले उपहारस्वरूप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुसी व्यक्त गर्नुभएको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्सलगायत सहयोगमार्फत् भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्ध लड्न सहयोग गर्दै आएको छ ।

 

सम्बन्धित शिर्षक :