लुम्बिनी प्रादेशिक अस्पतलालाई गौरवको अस्पतालका रुपमा विकास गरिन्छ: मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार /बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताउनु भयो ।

आईतबार १ सय १२ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गर्नुभयो ।

अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताउनु भयो । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल गर्दै अबको पाँच वर्ष भित्रमा अस्पतालले स्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने उँहाले दाबी गर्नुभयो ।सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि समुद्घाटन गर्नु भएको छ ।

वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. ईन्द्र ढकालले जानकारी दिनुभयो । अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ ।

दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।कार्यक्रमको संञ्चालन अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारीले गरेका थिए ।

सम्बन्धित शिर्षक :