पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण १ को मृत्यु

स्वास्थ्यसमाचार/पछिल्लो २४ घण्टामा नेपालमा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय २८ जनाको नमुना परिक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप ५५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणकाकारण मृत्यु भएको जनाइएको छ । यो सहित हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९सय ३२ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ९ हजार २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक :