राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत्र २५ देखी हुने

स्वास्थ्यसमाचार/नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आगामी चैतमा काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्री समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो।

संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ।शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो।

संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको तेस्रो अधिवेसनबाट भक्तिमान शुब्बा अध्यक्ष चुनिएका थिए। तर नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै शुब्बा एमाले छाडेर समाजवादी तर्फ लागेपछि संघको उपाध्यक्ष रामबहादुर चन्दले कार्याबाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

संघ २०६२ जेठ २७ गते स्थापना भएको हो।संघको महाधिवेशन हरेक तीन वर्षमा हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा पार्टी बनेपछि समयमा भएको थिएन। तर नेकपा फुटेर एमाले, माओवादी र नेकपा एस बनेको छ। पछिल्लो राजनीतिक घटनाक्रमसँगै संघले पनि आफ्नो अधिवशेन गर्न लागेको हो।

सम्बन्धित शिर्षक :