जनस्वास्थ्यका रिक्त पद लोकसेवा वाट अघि वढाउन नेफाको माग

प्रदेश स्वास्थ्यमन्त्री ईन्द्रजीत थारु र स्वास्थ्यसचिव डा विकास देवकोटालाई ध्यानाकर्षण पत्र

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघले लुम्बिनीले लामो समय देखि रिक्त रहेको जनस्वास्थ्य तर्फका पदहरुको विज्ञापनको लागि मागाकृति फारम तत्काल पठाउन स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

नेपाल जनस्वास्थ्य संघ लुम्बिनीले प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिबलाई ध्यानाकर्षण गराएको हो।संघका अध्यक्ष हेमराज पाण्डेको नेतृत्वमा आएको टोलीले लुम्बिनी प्रदेश अन्तर्गतका कार्यालयमा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, जनस्वास्थ्य अधिकृत को दरबन्दी अनुसार कर्मचारी नभएको लामो समय सम्म बिज्ञापन नखुलाएको र अहिले कार्यरत पनि केहि अवकाश प्राप्त हुन लागेकोले कार्यसम्पादनमै असर पुगेको छ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को उपदफा २ ले कर्मचारीहरु समायोजन पश्चात पनि पदहरु रिक्त रहेको खण्डमा प्रदेश लोकसेवा मार्फत पदपूर्ति गर्न सकिने स्पष्ट व्यवस्था भएकोले अरु प्रदेशमा प्रदेश लोकसेवा मार्फत विज्ञापन भईसकेको र लुम्बिनी प्रदेश लोकसेवा मार्फत विज्ञापन हुन नसक्दा लम्बिनी प्रदेशका सयौं जनस्वास्थ्य कर्मीहरु निराश भएका छौं।

एकातर्फ दक्ष जनशक्ति बजारमा भौतारिरहने र अर्को तर्फ प्रदेश अन्तर्गतका कार्यालयहरुमा अधिकांश दरबन्दीहरु रिक्त रहने अवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पार्ने अवस्था विद्यमान छ। यस्तो अबस्थामा मन्त्री र सचिबको ध्यान जान जरुरी रहेको छ अध्यक्ष पान्डेले भने ।

अध्यक्षले भने प्रदेश सरकारले हाम्रो मागको बारेमा ध्यान जाओस र प्रदेशसमा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, जनस्वास्थ्य अधिकृत तत्काल प्रदेश लोकसेवामा अबिलम्ब पठाईदिनुहुन आग्रह गर्दछौ पान्डेले भने। ध्यानाकर्षण पत्र बुझाउन उपाध्यक्ष कृष्ण प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।

 

                                              यस्तो छ ध्यानाकर्षण पत्र

प्रस्तुत बिषयमा नेपालको संबिधान २०७२ अनुरुप गुणस्तरीय स्वास्थ्य सेवा जनताको मौलिक हकको रुपमा स्थापित भैसकेको सन्दर्भमा संघियता र यसको कार्यान्वयन संगै तीनै तहको तहगत संरचना एबम मातहतका कार्यालयहरुमा स्वास्थ्य सेवा प्रदायक एबम ब्यबस्थापकहरुको अधिकांस पद हालको दरबन्दी अनुरुप रिक्त भएको र तत्पश्चात पदपूर्तिका लागि लोकसेवा आयोगको बिज्ञापन समेत नभएको ब्यहोरा स्मरण गराउन चाहान्छौं।

हाल प्रदेश अन्तर्गतका कार्यालयहरु (जिल्ला लगायत) मा जनस्वास्थ्य प्रशासक (९/१० तह) को दरबन्दी १३ जना रहेको मा प्रदेशमा कुल ३ जना मात्र कार्यरत रहेको र सो मध्ये पनि १ जना यसै आ व मा अवकाश प्राप्त गर्न लागेकोमा ११ जनाको दरबन्दी रिक्त हुने देखिन्छ। यसै गरी स्वास्थ्य शिक्षा प्रशासक (९/१०तह) को दरबन्दी २ जना रहेकोमा २ जना नै रिक्त रहेको श्रीमान् लाई अवगत नै छ। यस संगै प्रदेश तह (जिल्ला लगायत) मा जनस्वास्थ्य अधिकृत (७/८ तह) को दरबन्दी कुल १७ रहेकोमा हाल ९ जना मात्र कार्यरत रहेको र ८ जना रिक्त रहेको छ। यसरी पदहरु रिक्त रहँदा प्रदेश सरकारको कार्यसम्पादनमै असर पुगेको सचिवज्यूलाई भन्दा अरुलाई सायदै बढी अवगत होला ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को उपदफा २ ले कर्मचारीहरु समायोजन पश्चात पनि पदहरु रिक्त रहेको खण्डमा प्रदेश लोकसेवा मार्फत पदपूर्ति गर्न सकिने स्पष्ट व्यवस्था गरेको श्रीमान् लाई विदितै छ। यसै सन्दर्भमा गण्डकी प्रदेश, बाग्मती प्रदेश, तथा मधेस प्रदेशले जनस्वास्थ्य लगायत स्वास्थ्य सहायक तथा अधिकृत स्तरका विभिन्न पदहरुको विज्ञापन गरी पदपूर्तिको प्रक्रिया अघि बढाईसकेको परिप्रेक्षमा लुम्बिनी प्रदेश लोकसेवा मार्फत विज्ञापन हुन नसक्दा लम्बिनी प्रदेशका सयौं जनस्वास्थ्य कर्मीहरु निराश भएका छौं। एकातर्फ दक्ष जनशक्ति बजारमा भौतारिरहने र अर्को तर्फ प्रदेश अन्तर्गतका कार्यालयहरुमा अधिकांश दरबन्दीहरु रिक्त रहने अवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पार्ने अवस्था विद्यमान छ।

प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय, र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा रिक्त रहेको जनस्वास्थ्य प्रशासक (९/१० तह) ११ जना, स्वास्थ्य शिक्षा प्रशासक (९/१० तह) २ जना र जनस्वास्थ्य अधिकृत (७/८ तह) ८ जनाको मागाकृति प्रदेश लोकसेवामा अबिलम्ब पठाईदिनुहुन सादर अनुरोध गर्दछौं।

यस अघि नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेशले तात्कालिन सामाजिक विकास मन्त्रालयमा पनि मिति २०७६।७।१४ मा पनि यही माग राखी अनुरोध पत्र बुझाएकोमा सोको सुनुवाई हाल सम्म हुन सकेको छैन। यसरी लामो समयसम्म पनि समस्या समाधान नहुँदा आम जनस्वास्थ्यकर्मीहरुमा निराशा सँगै आक्रोशको भावना सिर्जना भएको छ। श्रीमान् सचिवज्यूबाट यसपटक पक्कै पनि सार्थक पहल हुनेछ र प्रदेश लोकसेवा आयोग मार्फत छिटै नै जनस्वास्थ्य लगायत अन्य पदहरुको विज्ञापन हुनेछ भन्ने आशा राख्दै श्रीमान् को गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं।

हेमराज पाण्डे

अध्यक्ष

अवगतार्थ: माननीय मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश

 

सम्बन्धित शिर्षक :