तिलोत्तमा बन्यो पहिलो कोरोना विरुद्धको खोप सुनिश्चित पालिका

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा मुलुककैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको नगरपालिका बनेको छ ।

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । नगरपालिकाले आह्वान गरेको सूचनाअनुसार छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई खोप सुनिश्चितता भएको पालिका ठहर गरिएको हो । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरे पनि व्यक्ति छुटेको पाइएपछि यहीँ फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार वडा नं. ३ मा सबैभन्दा बढी १२ हजार ६३० जनाले खोप लगाएका छन् । यस्तै वडा नं. ४ मा ११ हजार २७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ । घरधुरी सर्वेक्षणबाट ७ हजार ७७ जना छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपुर्ति गरि छुट भएका नागरिकहरु लाई खोप लगाई खोपको मात्रा पूरा गरिएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताउनुभयो ।

उहाँका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरिय खोप समन्वय समितिमा पूर्णखोप घोषण एवं सुनिश्चितका लागि प्रतिबद्धता पत्र समेत प्राप्त भएको छ ।नगरपालिकाले तीन सय घरधुरीमा पूर्णखोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकोले नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले जिल्ला स्तरीय खोप समन्वय समिति लगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्णखोप घोषणा सुनिश्चियतता गर्न सहमतिका लागि पत्रचार गरेको थियो ।

सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताको लागि घरधुरी ¥यापिड कन्ट्रयाक सर्वेक्षण गरि पूर्णखोप घोषणा र सुनिश्चितता गर्नका लागि सहमति प्रदान गरेको उहाँले बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :