लुम्विनी प्रादेशिक अस्पतालले १ सय १२ औं बार्षिकउत्सव मनाउदै

चालिस वेड आईसियु थपिर्दै ,मुख्यमन्त्रीले उद्घाटन गर्ने

स्वास्थ्यसमाचार/बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले आईतबार १ सय १२ औं बार्षिकउत्सव मनाउदै छ । पश्चिम नेपालकै सबैभन्दा पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले विशेष समारोहका विच आईतबार वार्षिकउत्सव मनाउन लागेको हो ।

वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकालले बताउनु भयो ।

प्रदेश सरकारको गौरवको अस्पतालका रुपमा रहेको लुम्बिनी अस्पतालको मुल समारोेहको मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्ने तयारी छ । सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालले निमार्ण गरेको ४० वेडको आईशियूकक्ष र पचास वेडको मेडिकल वार्डको पनि समुद्घाटन गर्ने बताईएको छ ।

अस्पतालमा निकै कम आईसियू कक्ष भएका कारण विरामीहरु रिफर गर्नु पर्ने वाध्यता तत्कालका लागि हट्ने बताईएको छ । अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ । दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।

म्याराथुन र सरसफाई सम्पन्न

अस्पतालको वार्षिकउत्सवका अवसरमा आयोजना गरिएको म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । मणिग्राम देखि जानकिनगरसम्म अस्पतालका २ सय कर्मचारीहरु सहभागि भएका थिए ।प्रतियोगितामा दुर्गा वहादुर सार्कि प्रथम भएका छन् ।

त्यस्तै शनिवार नै अस्पताल परिसरमा सरसफाई कार्यक्रम पनि सम्पन्न भएको छ । त्यसैगरि महिला फुटवल भलिवल र पुरुष भलिवल फुटवल प्रतियोगिता पनि शनिवार सम्पन्न भएको छ । पुरुष फुटवलमा मेडिकल अफिसरको टिम प्रथम भएको छ भने भलिवलमा ईन्जिनियर समुह प्रथम भएको अस्पतालका नर्स ईन्चार्ज ज्योति पौडेलले बताउनु भयो ।

त्यसगरि यस अघि नै गायन कविता वाचन प्रतियोगिता पनि सम्पन्न भएको थियो । ति सबै विधामा उत्कृष्ट खेलाडि र समुहलाई मुल समारोहमा पुस्कार मेडल र उपहार प्रदान गरिने बताइृएको छ ।

सम्बन्धित शिर्षक :