लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ ।

दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए ।

उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग गर्ने बताएका थिए ।मुख्यमन्त्री चौधरीले ले कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका देशकै नमुना प्रदेश बनाउनको लागि आफुले पहल गर्र्दै आएको बताउँदै यसको लागि सरकराले जनताको सेवाको लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले प्रदेश संरचना निर्माण पछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको भन्दै यसलाई पूर्ण क्षमतामा चलाउनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

ग्लोवल फण्डका सिनियर पोर्टफोलियो म्यानेजर(नेपाल) का मिष्टर ईस्फनले ग्लोवल फाण्डले नेपालका विकासका लागि अहिले काम गरिरहेको बताउदै निर्माण भएको प्रयोगशलाले समुदायका मानिसहरुले सेवा पाउनुपर्ने बताएका थिए ।

यस्तै सेफ द चिल्डेन्सका नेशनल डाईरेक्टर हेथर क्याम्लन ले सबैको साथ र सहयोग बाट भवन निर्माण भएको र यसको समुचित उपयोग हुनेमा आशावादी भएको बताएकी थिईन ।

कार्यक्रममा पुर्व मन्त्री सुर्दशन बराल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेश स्वाथ्य मन्त्रालयका सचिव जर्नादन पन्थी, स्वाथ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी, पाल्पा स्वाथ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी,प्रदेश जनस्वाथ्य प्रयोगशाला प्रमुख रोशनाल चौधरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल, १२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालिन समाजिक विकास मन्त्री सुर्दशन बरालले २०७८ सालमा शिलन्यासन गरेका थिए । नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्यि जनस्वाथ्य प्रयोगशाला को नेतृत्वमा भवन निर्माण भएको हो ।

जसमा सम्पूर्ण आर्थिक सहयोग एड्स तथा क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्डेन्सको प्राविधिक सहयोगमा भवन निर्माण पुरा भएको हो ।

 

सम्बन्धित शिर्षक :