सबै स्वास्थ्यकेन्द्रमा ल्याब र डाक्टर राख्ने ब्यबस्था मिलाउछु :-मन्त्री बराल

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको क्षेत्र नं १ अन्र्तगत रहेको शान्तिपुर स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुचारु भएको छ ।एक कार्यक्रममा बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले आज एमबिबिएस डाक्टर सहितको विशेषज्ञ सेवाको उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा विशेषज्ञ सेवा शहरमा मात्र केन्द्रित रहेकोले सबै स्वास्थ्य केन्द्रमा बिस्तार गर्ने बताए ।चिकित्सक शहरमुखी हुदा गाउँका जनताले महगो स्वास्थ्य सेवा लिन बध्य भएको बताए।

मन्त्री बरालले सबै स्वास्थ्यचौकीमा ल्याब अनिर्बाय गराउने र एक जना विशेषज्ञ चिकित्सक लाई सेवा दिन राख्ने ब्यबस्था मिलाउने बताए। स्वास्थ्य सेवा गरिब दुखिको पहुच भन्दा माथि रहेको वताउदै मन्त्री बरालले सबैको पहुचमा स्वास्थ्य सेवा हुने तरिकाले प्रदेश सरकार लागेको बताए ।

अस्पतालमा सेवा बिस्तार संगै गाउँ पालिकाले आर्थिक वर्ष २०७६र७७ को लागी करार र डा. र स्टाफ नर्स नियुक्ति गरेको छ । भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको स्वागत कार्यक्रममा सम्पन्न भएको थियो ।

गाउँपालिका का स्वास्थ्य संयोजक प्रकास शर्मा को सन्चालन रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ५ नं. प्रदेश समितिका सदस्य युवराज केसि नवनियुक्त डा. सरिता ढकाल लगायत को उपस्थिति रहेको थियो ।शान्तीपुर स्वास्थ्य केन्द्रबाट दिव्रुङ्ग विशुखर्क हर्राचौर शान्तिपुर ग्वाघा हरेवा रुपाकोट तुराङ्ग का साथै वाग्लुङको वरेङ गाउँपालिका का वडाहरुको जनाताले सेवा लिने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ।

सम्बन्धित शिर्षक :