प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्।

सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो।

थापाले भने ‘अहिले अस्पतालमै हुनुहुन्छ, नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो।यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

सम्बन्धित शिर्षक :